लक्षित समुदायका लागि कार्यक्रम खोई ?

दलित अनलाईन १ असार २०७६, आईतवार ११:३१

बागलुङ– लक्षित समुदायका लागि नागरपालिकाले बजेट विनियोजन नगर्दा समस्या भोग्नु परेको सरोकारवालाहरुले बताएका छन् ।
समाजको पिँधमा रहेका दलित र जनजातिहरुको लागि जातीय पहिचान समस्या र समाधान बिषयक सचेतना जगाउने एक दिने अभिमुखीकरण तालिममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
दुर दराजमा रहेको दलित तथा जनजातिहरुले अभिमूखीकरण तालिम लगायत लक्षित समुदायका लागि नगरपालिकाबाट बजेट विनियोजन हुन नसक्दा उनीहरुमा सचेतीकरण कार्यक्रमहरु संचालन गर्न समस्या भएको उनीहरुको दावी छ ।


बागलुङको जैमिनी नगरपालिका ३ माथिल्लो दमेकमा लक्षित समूह समितिको आयोजना र सत्कर्म नेपालको सहकार्यमा दलित र जनजातिका महिलाहरुलाई अभिमुखिकरण तालिम दिइएको तालिममा बोल्ने व्यक्ताहरुले दलित समुदायको हक अधिकार सुनिश्चित तथा प्रर्वद्धन गर्न लक्षित कार्यक्रम नभएको भन्दै वुद्धिजीवी तथा अधिकारकर्मी सीताराम थापाले दुख व्यक्त गरे ।
जैमिनि नगरपालिकाको प्रमुख ईन्द्रराज पौडेलले सामान्य बजेटले अब लक्षित समुदायको लागि काम गर्न कठिन हुने भन्दै अगामी बजेटमा दलित ,आदिवासी जनजाति र महिलाहरु लागि बजेट विनियोजन गर्न प्रतिबद्धता जनाए । यस्तै वडा अध्यक्ष बसन छन्त्यालले स्थानयी सरकारले लक्षित समुदायका लागि बजेटमा अकुश लगाउँदा समस्या पदै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank