दलित बालिकाको बलात्कारपछि हत्याकाे उच्चस्तरीय छानबिन माग

दलित अनलाईन ९ फाल्गुन २०७५, बिहीबार ०१:०७

केन्द्रबाट दलित अधिकारकर्मी र पत्रकारकाे टाेली घटनास्थलमा

 

जनकपुर-बलात्कार पश्चात हत्या गरेर जलाइएकी रेश्मा रसाइलीको घटना छानविन गर्न उच्चस्तरीय न्यायिक समिति गठनको माग गरिएको छ। रेश्मा हत्याको सत्यतथ्य बाहिर ल्याउन पीडित परिवार, अधिकारकर्मी, प्रदेश सांसदले न्यायिक समिति माग गरेका हुन्।

गत बुधबार विवाहमा नाच्दै गरेकी धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरकी ९ वर्षीया रेश्माको बलात्कारपछि हत्या गरी शव उखु खेतमा जलाइएको अवस्थामा बिहीबार भेटिएको थियो।

हत्या आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका-४ बेंगारी टोलका २२ वर्षीय निरज जर्घा मगरलाई मंगलबार प्रहरीले सार्वजिक गरिसकेको छ। रेश्माको सामूहिक बलात्कारपछि हत्या गरिएको शंका परिवारजनले गरेका छन्।

दोषीलाई कारवाही गर्नुपर्ने, पीडित परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, स्थाई प्रहरी पोस्ट स्थापना हुनुपर्ने, घटना सम्वेदनशील र गम्भीर भएकोले न्यायिक रुपमा छानविन गर्न माग गरिएको छ।

‘चाउचाउ र फ्रुटी दिई बालिकालाई लोभ्याइयो भन्ने कुरामा शंका छ,’ विश्वकर्मा समाज प्रदेश २ का अध्यक्ष मिन रहपालले भने, ‘घटनास्थलमा चाउचाउ र फ्रुटी दुई दिनपछि मात्रै भेटिएको छ।‘ बालिकालाई अपहरण गरेर सामूहिक बलात्कारपछि हत्या गरिएको शंका गर्दै उनले भने, ‘घटनामा चार-पाँच जना अपराधी अझै फरार छन्।’

‘आगोले खेतैभरीको उखुको पतलौया (सुकेकधो पात) जल्नु पर्ने हो,’ घटना स्थल पुगेका नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सादा मुसहरले भने, ‘हत्या पश्चात प्रमाण नष्ट गर्न अपराधीले लाश जलाएका छन्। एक जनाको काम मात्रै होइन, घटना सामूहिक रुपमा भएको देखिन्छ।‘

एक मात्रै छोरीको हत्याले हहिरपुरका देवनारायण रसाइलीको परिवार शोकमा डुबेको छ।

नेपाल मधेस फाउन्डेसनका सदस्य धीरेन्द्र प्रेमसीले घटना नियोजित रहेको शंका गरे। ‘त्यही व्यक्तिको अचानक घर जल्छ। एक महिनापछि एक मात्र सहरा छोरीको हत्या हुन्छ। यो संयोग मात्रै नभएर सोचेर विचारेर गरिएको भन्ने कुरा शंकास्पद छ।’

प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेशको संसदीय महिला तथा बालबालिका समितिले रेश्मा हत्यालाई गम्भीर रुपमा लिएको बताए।

यसै बीच
बालिकाको बलत्कारपछि हत्य गरिएको विरुद्धमा सडक संघर्षमा उत्रिएका दलित अधिकारकर्मी र संङसस्थाहरुको एक टोली घटनास्थालमा पुगेको छ । काठमाडौबाट बुधबार घटनास्थाल पुगेको उक्त टोलीले विहिबारबाट घटनाको स्थालगत निरीक्षण गर्न टाेलीका संयाेजक जितेन्द्र पासवानले बताए । उक्त टोलीले घटनाका सबै पक्षलाई सुक्ष्म ढंगबाट अनुसन्धान गर्न छ । दलित गैरसरकारी संस्था महासंघ जितेन्द्र पासवानले नेतृत्व गरेको टोलीमा पत्रकार र कानुनकर्मीको सहभागीता रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank