उम्लिरहेको तातो दुधले नुहाएर मुसहर समुदायले गर्छन् कुलदेवताको पूजा !

दलित अनलाईन २० माघ २०७५, आईतवार २०:४१

सर्लाही– आ–आफ्नो कुलदेवताको पूजा गर्नु कुनै नौलो कुरा होइन । र सबै समुदायले कुलदेवताको पूजा गदै आएका पनि छन् । प्राय कुलदेवताको पूजा बली दिइएर नै गर्ने परम्परा छ, नेपाली समाजमा । तर यही नेपाली समाजभित्र पनि कतिपय समुदायहरुले कुलदेवताको पूजा गर्ने शैली र संस्कृति भने निकै भिन्नभिनै पाइन्छ । धेरै जनाले यो कुरा सुन्दा अविश्वासिलो, झुठो जस्तो लाग्न सक्छ । तर मुसहर समुदायले उम्लिरहेको तातो दुधले नुहाएर आफनो कुलदेवता ‘भुईया’ महाराजको पुजाआजा गर्ने चलन छ ।
धेरै जनाले यो कुरा सुन्दा अविश्वासिलो, झुठो जस्तो लाग्न सक्छ तर वास्तवमा तराईमा बस्ने दलित समुदाय भित्रको मुसहर समुदायमा अहिले पनि यो संस्कृति चलिरहेको छ । मुुुसहर समुदायको कुलदेवता दिनाभद्रीकै अर्को नाम ‘भुईया’ महाराज रहेको छ । नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर सदाले लेखेको मुसहर समुदायका नायक दिना–भद्री भन्ने पुस्तकमा दिना–भद्री जब जगन्नाथपुर पुग्दछ र उनलाई पाण्डाहरुले रोक्दछ त्यस पश्चात दिना–भद्रीले सिहंद्धारमा बसी आफनो छातीले धक्का लगाउदा वालमा चिरा पर्न जान्छ जसको कारणले तिरहुतको मुसहर समुदायले ‘भुईया’ महाराजको रुपमा पुज्न थाल्छ भन्ने उल्लेख गरेको पाईन्छ ।
दिनाभद्र्री मुसहर कुलमा जन्मेको भए पनि उनीहरुले सम्पूर्ण समाजको हितको लागि काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई जवरजस्ती एक रात रोकी शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत एक सय एकाउन्न जना शोषक, अन्यायी , अत्याचारी, सामन्तीसंग लडी जीत प्राप्त गरेका किम्बदन्ती छ ।
५८ बर्षीय अगुवा रामकेवल माझीका अनुसार ‘भुईया’ महाराज (दिना–भद्री) ले गरेको कार्यलाई सम्झिन र उहाँहरुले देखाएको पराक्रमको पहिचान गराउन तातो दुधले नुहाउने संस्कारको विकास बताए । मुसहर समुदायले प्रत्येक साल माघ १ गते खुशियालीको साथ प्रत्येक मुसहर वस्तीमा पानमखान, लडु, खीर, रोटी, सुपारी, लगं लगायतको चीजबीज चढाउनुको साथै बासँको धाजामा तीर धनुष बनाई उतm बाँसमा बडो धुमधामका साथ पुजाआजा गर्ने गरेको समेत माझीले जानकारी दिए ।
यस्तै ६५ बर्षीय भगत जागेश्वर माझीका अनुसार मुसहर समुदायले सुख, शान्ति, छोराछोरी पाउन, धन सम्पतिको लाभको लागि भाकल गर्ने र भाकल पुरा भए पछि ‘भुईया’ महाराजलाई खुशी पार्नको लागि अपटौनी पुजा गर्ने गरेको बताए ।
शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियान, नेपाल राष्ट्रिय मुसहर सघं, जय श्री सवरी माता मुसहर एकता युवा सेवा समाज नेपालको संयुतm आयोजनामा ‘भुईया’ दिवस मनाउने घोषणा समेत गरिएको छ ।
दलित अधिकारकर्मी पचुलाल माझी मुसहरका अनुसार आउँदो माघ १ गतेबाट प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने तयारी गरेको बताए । बाचेको एक मात्र मुसहर समुदायको संस्कृती तातो दुधले नुहाई गर्ने भुईया महाराजको अपटौनी पुजालाई बचाइ राख्न, भुईया महाराज(दिनाभद्री) को पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाको अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्वन्ध र मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको माझीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank