दलित अनलाईन

‘दलित समुदायको हक अधिकारलाई ऐनमा चाहेजति हाल्न सकिएन्’ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

दलित अनलाइन पुस १४, २०७५

काठमाडौँ–राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संविधानमा लेखिएका दलित समुदायको हक अधिकारलाई ऐनहरुमा चाहे जाति लेखिन नसकेको स्वीकार गर्नुभएको छ ।
समावेशी फाउण्डेशन राजधानीमा आयोजनका गरेको अन्तक्र्रिया कार्यक्रमा बोल्दै अध्यक्ष संविधानको मैलिक हक कार्यान्वयनका लागि ल्याइएका विधेयकहरुमा समुदायले उठाएका बुँदालाई ऐनमा चाहे अनुरुप लेखाउन नसकेको स्वीकार गर्नुभएको हो । मैलिक हक अन्र्तगत दलितको पक्षमा कानुनलाई थप विधेयकमा केही कमजोरी भएको भन्दै ल्याइएको विधेयकलाई कार्यान्वयन गर्न सबै तहतप्काबाट लाग्नुपर्ने बताए । आफुले सबै विधेयकलाई राम्रोसँग अध्ययन गर्न नपाउँदा खास समुदायले उठाएका केही महत्वपूण बुँदामा कमजोरी भएको बताए । ‘हामीले स्वीकार गर्नुपर्छ, मैलिक हकले सुनिश्चित गरेको केही अधिकारलाई गम्भिर रुपले वेवास्त भएको छ ।’
सांसद विमला विकले मैलिक हकमा लेखिएको दलित समुदायको हक अधिकार विधेयक बनेर आउँदा खोसिएको बताइन् । हामील पटक पटक आवाज उठाउँदा समेत उच्च राजनीतिक दलहरुले जबरजस्ती विधेयक पारित गरेको विकको दावी छ । ‘पार्टीभित्र र समितिमा हामीले हस्तक्षेपको भूमिका खेलौं,तर हाम्रो आवाज सुनिएन ।’


यस्तै सांसद अन्जना विसुन्केले राज्य संयन्त्रका केही मालिकहरुले अधिकार सम्पन्न बनाउन नचाहेका कारण पाएको अधिकार पनि गुम्ने खतरा रहेको बताइन् । बाहिर एउटा कुरा गर्ने र भित्र अर्को खेल खेल्न पुरातनवादी सोचको हावी भएको कारण अधिकारको लागि सबै एक भएर आवाज उठाउनु पर्ने विशुन्केले दावी गरिनन् । ‘संरचना बदलिए पनि अझै व्यक्ति पुरनो सोच र चिन्तन बदलिएको छैन, यसको प्रभाव विधेयकमा देखा परेको छ । ’
सांसद प्रकाश स्नोहले यो दुई सरकारको दम्बले विस्तार अधिकारहरु कटौती गदै लैजाने र दलित समुदायलाई पुरानै अवस्थामा फकाउने सिनारी यो ऐनहरुबाट सुरु भएको टिप्पणी गरे । ‘यो सरकार निकै दलित मैत्री रहेको दावी गर्छ, तर शैली पञ्चातको जस्तो छ । ’
पुर्व सांसद एंव दलित नेता तिलक परियारले दलित समुदायको लामो संघर्ष गरेर प्राप्त गरेको अधिकार गुम्न सक्ने खतरा अझै रहेको भन्दै ससादभित्र र ससाद बाहिर सबै एक जुठ भएर लाग्नुपर्ने बताए । ‘संविधानमा यति अधिकार लेखाउन धेरै संघर्ष गरिएको छ, तर विस्तार कटौतीहुँदै गए हस्तक्षेपकारी भूमिका समेत निवाह गर्नुपर्छ ।’
यस्तै अधिवक्त भोजमान लाम्गादे र अधिवक्त सिताराम घले परियारले संविधानको भावना विपरित ऐन र विधेयक पारित भएर आएको दावी गरे । संविधानको मैलिक हक भएको व्यवस्थालाई समेत ऐनले वेवस्ता गरेर ऐन आएपछि दलितहरुमाथि थप आंशक पैदा गरेको उनीहरुको दावी छ ।

दलित अधिकारकर्मी तथा दलित नेता डा निर्मल विश्वकर्माले संविधानले सुनिश्चित गरेको कुरालाई विधेयक ऐन बनाउँदा कटौती गर्नु भनेको दलित समुदायलाई अधिकार सम्पन्न बनाउन नचाहेको बताए ।

दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्माले दलित नगारिक समाज र दलित सरोकारवालाहरुले दिएको सुझावलाई समेत इन्कार गरी नियोजित रुपमा विधेयकहरु ल्याइएको दावी गरे । यस्तै अधिकारकर्मी तथा लेखक हिरा विश्वकर्मा र डा चेत परियारले दलित समुदायको पक्षबाट हेर्दा संविधान पञ्चायत व्यवस्थामा जस्तो दया र हेयको दृष्टिकोणबाट अघि बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank