मुसहर बस्तीमा पलायो नयाँ घर बन्ने आस

दलित अनलाईन १० पुष २०७५, मंगलवार १३:००

बर्दिवास- पातलो बोराले घेरिएको पालमा महोत्तरीका विभिन्न बस्तीमा बस्दै आएका मुसहरलाई अब आफ्नो नयाँ घर बन्ने आस पलाएको छ ।

प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्थलगत अनुगमन गरी जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवन चाँडै बन्ने आश्वासन दिएपछि मुसहरमा नयाँ घरमा बस्न पाइन्छ कि भन्ने आश पलाएको हो । “टहरा भत्काएर दुई वर्षदेखि पालमा बस्दै आएका छौँँ”, भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका जुडिया सादाले भने, “मन्त्रीको आश्वासनपछि नयाँ घर बन्ने आशा पलाएको छ ।”

 मन्त्री यादवले भङ्गाहा नगरपालिकाका मुसहर बस्ती पुगेर ६० मुसहर पवरिवारलाई कम्बल वितरण  गरेका थिए । जनता आवास कार्यक्रमअन्तर्गत शहरी आवास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरको रेखदेखमा नयाँ घर बन्न थालेका हुन् ।

“घर बनाउन प्रक्रियागत त्रुटि भएकै हो, त्रुटि केलाएर प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढाउँछ”, मन्त्री यादवले भने । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुर र अन्य सम्बद्ध निकायसँग समन्वय गरिने उनले बताए । सङ्घीय सरकारले आर्थिक वर्ष २०७३/७४ र आव २०७४/७५ मा गरी जनता आवास कार्यक्रमअन्तर्गत महोत्तरीमा एक हजार घर बनाउन प्रक्रिया अघि बढाएको हो । निर्माण प्रक्रिया झण्झटिलो भएकाले काम तीव्र गतिमा बढ्न नसकेको जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank