जातीय छुवाछूतविरुद्धको विपी कोइरालाको अभियान ६६ वर्षपछि पनि उस्तै !

दलित अनलाईन २६ मंसिर २०७५, बुधबार ११:१७

काठमाडौँ – २००९ सालमा जनकपुरमा सम्पन्न महाधिवेशनले दलितका पक्षमा निकै महत्वपूर्ण प्रस्ताव पास गदै धनमानसिंह परियारलाई महामन्त्री बनाएको थियो । महामन्त्री बन्नु अघि धनमानसिंह परियारले आफ्ना केही अडानहरु पार्टीलाई तेसाएका थिए । महाधिवेशमा निकै लामो छलफल गरी संस्थापक विपी कोइरालले ‘जातिपाति मान्दैनौं, छुवाछूत जान्दैनौं, सँगै बसौं सँगै खाऔ, भात भताएको खुशी’ भन्ने नारा लिएर अभियान संचालन गर्न निर्णय गरेको थियो ।
आजको नेपाली कांग्रेस त्यतिवेला नै निकै अग्रगामी र प्रगतिशिल देखिन्थ्यो । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस संस्थापक विपी कोइरालाको देबब्रत परियारलाई कार्यसमितिमा राखेर समावेशी सिद्धान्तलाई आत्मसात पक्कै गरेको  थिए । तर ६६ वर्ष पछि पनि नेपाली कांग्रेस त्यही नारालाई आत्मसात गर्न सकेको छैन ।

विपीले सुरु गरेको ‘जातिपाति मान्दैनौं, छुवाछूत जान्दैनौं, सँगै बसौं सँगै खाऔ, भात भताएको खुशी’ भन्ने नारा लिएर अभियान संचालन गर्न निर्णय दो¥याउँदै लगेको छ । कांग्रेसले उवेलाबाट सुरु गरेको विपीको अभियानमा अहिलेसम्म कति अभियान चलायो त ? सधै विपीको अभियानलाई महासमिति विधानमा उच्च सम्मानका साथ बहस छलफल चलाए पनि अभियानलाई सार्थक बनाउने तहबाट उसले कहिल्यै सोचेनन् । पार्टीभित्र र पार्टी बाहिर चर्को जातीय छुवाछूतको वकालत नेपाली कांग्रेसले गरे पनि जातीय छुवाछूतबाट त्रासित रहेको समाजमा यो ६६ वर्षको अवधिमा कहाँ कहाँ छुवाछूत विरुद्धका अभियान संचान ग¥यो ? यो पनि महासमितिको बैठकमा बहस हुनु जरुरी छ । जातीय छुवाछूतको घटनामा कतिपय पार्टीका कार्यकता जोडिएका नजोडिएका होइन । तर प्रत्येक्ष रुपमा जोडिएका छुवाछूत घटनामा पार्टीले कहिले कहाँ कारबाही गरेको छ । तर शब्द परिर्वतन गरी सुरु विपीको अभियानलाई सार्थक बनाउन भोलीका दिनमा नेपाली कांग्रेसले कसरी अभियान संचालन गर्छ त्यो महात्वपूण विषय बन्ने छ ।
अहिले भात भताएको खुशी भन्ने शब्द झिकेर ‘जातिपाति मान्दैनौं, छुवाछूत जान्दैनौं, सँगै बसौं सँगै खाऔं’ भन्ने नारासहित सामाजिक अभियान सञ्चालन गरिने महासमिति बैठकको लागि राजनीतिक प्रस्ताव तयार पारिएको छ ।
यही २८ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकमाबाट पारित गरिने प्रस्तावमा नेपाली कांग्रेसले जातीय छुवाछूतमा संलग्न रहेको पाइए र प्रमाणसहित उजुरी परे सदस्यता खारेज गरिदिने प्रस्तावमा भनिएको छ ।
नेपाली कांग्रेसले जातीय छुवाछूतमा संलग्न रहेको पाइए र प्रमाणसहित उजुरी परे सदस्यता खारेज गरिदिने प्रस्ताव तयार पारेको छ । यही २८ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि यस्तो राजनीतिक प्रस्ताव तयार पारिएको हो ।
केन्द्रीय कार्यसमितिबाट सुझावसहित पारित भएको प्रस्तावको महासमिति बैठकबाट पास गरी जातीय छुवाछूतको मुद्दामा नेपाली कांग्रेसले अभियान संचालन गर्ने केन्द्रिय सदस्य जीवन परियारले बताए । ‘नेपाली समाजमा व्याप्त जातीय छुवाछूत प्रथाको अन्त्यका लागि विभेद गर्ने कसैलाई पनि पार्टी सदस्यता नदिने र कुनै पनि तहको नेतृत्व या सदस्य त्यस्ता काममा संलग्न प्रमाणित भए पार्टी सदस्ताबाट खारेज गरिने छ ।’ दलितहरुलाई भेदभाव गर्ने वा जातीय विभेद गर्नेहरुलाई पार्टीको सदस्यता नदिने र पार्टीमा सहभागी नगराउने निर्णय लिएको स्मारण गराउँदै परियारले भने, ‘नेपाली कांग्रेस पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरुलाई थप क्रियाशील भई समाजमा रहेका सबै जातजातिहरुका बीच अन्तरघुलनका माध्यमबाट समाजको रुपान्तरण र विकास गर्न सम्भव छ भन्ने भावनाको विकास गराउन खोजिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank