बेसहारा चुमानेलाई ज्यूँनै मुश्किल !

दलित अनलाईन २२ मंसिर २०७५, शनिबार १८:२४

 

केशर रोका

प्यूठान(भिंगृ) – उनी बोल्न सक्दैनन् । मनका कुरा भन्न सक्दैनन् । जस्तापाताले बारेको झुपडी । चारैतिरबाट प्वाल परेको छ । फाँटेको चटाइ घरको ढोका । बुवा आमाको धेरै वर्षअघि मृत्यु भयो । चारवर्ष पहिले श्रीमतीको पनि मृत्यु भयो । जन्मै अपांग भएर जन्मिएका स्वर्गद्धारी नगरपालिका–३ भिंगृ आरनेटोल प्यूठानका चुमाने नेपालीको जीन्दगी कष्टपूर्ण छ । उनलाई विहान बेलुका छाक टार्नै मुश्किल परिरहेको छ । झुपडीमुनी बसेर नाङलो, दाम्लो बुन्ने गर्छन् । एक दुइदिनमा तयार भएपछि बेचेको पैसाले उनले दैनिकी गुजार्छन् । फाँटेका एकसरो कपडाले उनले वर्षौ विताइसके । नगरपालिकाकै बासिन्दा भएपनि ६३ वर्षिय नेपालीलाई यसको कुनै प्रवाह छैन् ।

प्यूठान–रोल्पा सडक नजिकै उनी बस्ने झुपडी छ । घर न बासका नेपालीको नाममा कत्तिपनि जग्गा, जमिन छैन् । सरकारी जग्गामा स्थानीयले ६ वर्षअघि बनाइदिएको बाँसले बारेको झुपडी भत्किने तरखरमा छ । उनको रेखदेख गर्ने कोही नहुँदा समस्या भइरहेको छिमेकी भेग बहादुर विकले जानकारी गराए । ‘श्रीमतीको मृत्युभएपछि चुमानेलाई धेरै समस्या भयो’,विकले भने,‘छिमेकीले कति दिन हेरचाह गरेर पुग्छ र ?’ छिमेकीहरुले बेलाबेला अन्न दिने गरेको उनले सुनाए । अपांग नेपालीले अन्न जुटेपछि खाना आफैँ बनाउने गर्छन् । आफ्ना कुरा व्यक्त गर्न नसकेपनि इसारामा उनले धेरै काम गर्छन् ।

 भत्किन थालेको झुपडीमा नाङलो बुन्दै भिंगृका अपांग चुमाने नेपाली ।

हरेक चाडपर्वमा उनलाई छुने कुरै भएन् । नेपालीलाई विहान बेलुकाको छान टार्ने कसरी ? भन्ने चिन्तामै दैनिकी वित्ने गरेको छ । फाट्टफुट्ट केही व्यक्तिहरुले सहयोग गरेपनि उनीहरुको दिगो समाधान हुन सकेको छैन् । ‘उनी एक्लै छन्, आफ्नो नाममा जग्गा पनि छैन् कसले साथ दिने ?’,स्थानीय जगत नेपालीले भने,‘सवै यस्ता हुँदैनन् । सरकारले यिनीहरुलाई हेरचाह गर्ने खालको कार्यक्रम ल्याउनुपर्छ ।’ रोगले सताउदा गरिबहरु उपचारै नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता आउने समेत उनले सुनाए । सुगममा भएरपनि नेपालीको जीवन निकै दयनीयपूर्ण रुपमा गुज्रिरहेको छ । उनीजस्तै, जिल्लाका ग्रामीण क्षेत्रमा गरिबको झुपडीमा जीवन विताउनेहरु थुप्रै छन् । उनीहरुलाई राज्यले देख्न सकेको छैन् । छिमेकीको साहारामा दिन विताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank