अब आत्मालोचना सहित धार्मिक सविधानमा पनि संसोधन गर्ने समय आयो कि ?

दलित अनलाईन २० मंसिर २०७५, बिहीबार २३:२४

 

अझै पनि हाम्रो समाजमा अतिवादी, पुरातनवादी सोच चिन्तन व्याप्त छ । ठूलो जातिको अहमता, र सानो जातिको निरियता कायमै छ । यहाँ भन्ने गरिन्छ, सुन्ने गरिन्छ धर्म निरपेक्ष राज्य भैसक्यो । किन जातिय विभेद छुवाछुतको कुरा निकाल्ने अब सबै समान हो जातियताको आधारमा कोहि सानो ठूलो छैन । तर त्यो बोली, भाषामा मात्र सिमित छ । जसको बलियो उदाहरणहरु हुन दलित समुदायका माननीय सांसदहरुले काठमाण्डौ र बुटवल जस्ता ठाउँमा कोठा भाडा पाउन मुस्किल पर्नु, दलित समुदायले पालेका भैसिको दूध सहजै स्वीकार्य नहुनु, दलित समुदायका मेला पर्व उत्सवहरुमा सानो जाती र ठुला जातिहरु बिच अलग्गै भान्साको ब्यबस्था हुनु ,दलित सांसदमाथि सहजै हातपात हुन पुग्नु, आन्तरजातिय विवाह गर्ने दलित समुदायमाथि दुरव्यवहार अमानबीय हर्कत हुनु आदिआदि ।

धार्मिक सबिधानमा शुद्र उल्लेख छ भने राज्य चलाउने सबिधानमा दलित लेखिएको छ । र दलितमाथि जातिय विभेद छुवाछुवाछुतकै आधारमा अमानबिय हर्कत हुँदा सजायको ब्यवस्था पनि गरिएको छ । तर किन राज्यको सबिधानमा लेखिएको दलित सम्बन्धी कानुनले अझै सार्थकता पाएन ? किन कि धार्मिक सबिधानबाट निर्देशित एउटा ठुलै पुरातनबादी तप्का धार्मिक सबिधानलाई नै फलो गर्छ । उसले अझ धर्म सापेक्ष, राजतन्त्रको ओकालत गर्छ यसमा ठुला जातिहरु मात्र हैन सानो जाती या दलित भन्निनेहरुको केही तप्का पनि छ । जो सधै निरीह भएर जिउ जदै भन्दै परनिभरताको आर्शिबादले जिउन चाहन्छ दीर्घकालिन मुक्तिको बारेमा नतमस्तक छ । राजा ,धर्म सापेक्षा, अदृष्य रुपमा धार्मिक सबिधान ( वर्ण र कर्म बिभाजन)को बारेमा ओकालत गर्ने अतिबादी पुरातनबादी मात्र हैनन, उदारबादी सामन्ताबादिका ओकालत गर्नेहरु पनि हाम्रो गाउँ समाजमा नभएका हैनन र छन । तर उनिहरुले पनि ढोङ्गिबादको दल्दलबाटमाथि उठ्नै सकेका छैनन । आफुलाई कम्युनिष्ट अनुयायी हु भन्छ्न तर कर्मकाण्ड भाग्यबादमै लिप्त छ्न । आफुलाई बिसुद्द भौतिकबादीको कोटिमा ढाल्न कन्जुस्याई गरिरहेका छ्न ।

उदारतापुर्बक परापुर्बकालदेखि शुद्र दलितको नाममा गरिदै आएको अमानवीय हर्कतको बारेमा क्षमायाचना माग्दै, धार्मिक अभियन्ता, धर्मगुरुहरुले पनि धार्मिक सबिधानमा उल्लेख गरिएको वर्ण र कर्म विभाजनलाई सुधार गरौ भन्ने पक्षमा देखिदैनन ।बरु सबैले अबको समयमा आत्म आलोचना गर्दै अगाडि बाढ्ने हिम्मत हाम्ले पनि गर्ने हो कि, जस्तै ….खृष्टियनहरु ,जसले आफ्नो क्रुरताको लागि सार्वजनिक रुपमै माफि मागे र घर्म ग्रंन्थ संशोधन गरे !

उदारतापुर्बक परापुर्बकालदेखि शुद्र दलितको नाममा गरिदै आएको अमानवीय हर्कतको बारेमा क्षमायाचना माग्दै, धार्मिक अभियन्ता, धर्मगुरुहरुले पनि धार्मिक सबिधानमा उल्लेख गरिएको वर्ण र कर्म विभाजनलाई सुधार गरौ भन्ने पक्षमा देखिदैनन । तयार छैनन बरु सजिलै सङ्ग प्वाक्क आरोप लगाउछ्न धर्म बिरुद्द गयो भनेर । डलरको बिक्यो डलरमै बिक्यो आदि आदि । त्यो आरोप पनि दलित समुदायलाई नै बढी आउँछ । एकनाथ ढकाल लगायतलाई यस्तो आरोप लगाइदैन । बरु सबैले अबको समयमा आत्म आलोचना गर्दै अगाडि बाढ्ने हिम्मत हाम्ले पनि गर्ने हो कि, जस्तै ….खृष्टियनहरु ,जसले आफ्नो क्रुरताको लागि सार्वजनिक रुपमै माफि मागे र घर्म ग्रंन्थ संशोधन गरे !

१२ औ शताब्दी देखि १८ औ शताब्दी सम्म इसाइले २० लाख भन्दा वढि मानवलाइ इश्वर निंदा गरेको आरोपमा जिउंदै जलाएर हत्या गरे ।
कुनै समयमाअ वेटिकन चर्च युरोपको सबैभन्दा ठुलो आतंकवादी संगठन थियो , जसले १९ औ शताब्दीको शुरुआतमै आफ्नो क्रुरताको लागि सार्वजनिक रुपमै माफि मागे ! आफ्नो गल्तिलाइ इसाइ चर्चहरुले कहिल्यै लुकाएन , महान वैज्ञानिक ब्रुनो र ग्यालिलियो संग गरेको क्रुरताको लागि माफि मागेंर पश्चाताप गरे ।
इसाइ अन्तर्गतकै प्रोटेस्टेट पंथको अनुयायीहरुलाई पनि कुनै बेला जिउंदै जलाएको थियो तर हाल त्यहि ठाउँ र देश विश्वको विकसित श्रेणी मा छ ।
आजभोलि सबैभन्दा वढि चर्चा र वहसको विषय नेपालमा धर्मपरिवर्तन किन हुदैंछ, इसाइले जातिविभेद तथा छुवाछुत भोगिरहेको हरुलाई लोभलालच देखाएर धर्मपरिवर्तन गरायो भनेर रोइ कराइ गर्नु भन्दा, पश्चिमा इसाइहरुले जस्तै सोच्ने कि ,पुरोहित महासयहरु ?

आजभोलि सबैभन्दा वढि चर्चा र वहसको विषय नेपालमा धर्मपरिवर्तन किन हुदैंछ, इसाइले जातिविभेद तथा छुवाछुत भोगिरहेको हरुलाई लोभलालच देखाएर धर्मपरिवर्तन गरायो भनेर रोइ कराइ गर्नु भन्दा, पश्चिमा इसाइहरुले जस्तै सोच्ने कि ,पुरोहित महासयहरु ?

बाहुनद्वारा रचित निर्देशित सनातन धर्म जसको कारण करोडौ मानवलाई जातिय विभाजन गरेर जातिविभेद तथा छुवाछुत लादेर पाशविक जिवन जिउन बाध्य पारिएको । ति पंडाहरुले कहिले माफि माग्ने र धर्मग्रन्थ संशोधन गर्ने ? हिम्मत गर्न सक्लान ? नेपाल, भारत विशेष गरि हिन्दु धर्म समाजमा जातिय बिभेदको मुख्य कारक भनेको धर्ममा धर्ममै उल्लेख वर्ण र कर्म बिभाजन हो । त्यसलाई सुधार गर्न पहल थाल्नुको बदला धर्ममा विभेद छैन भनेर धर्ममै किटान गरिएका शुद्र या दलित केही महासयहरु नै धर्ममा जातिय विभेद छैन, भनेर तीन हातमाथि उफ्न्छन ,धार्मिक नेता तथा जोतिषी पण्डित, जोगिहरुले सुधार गर्ने कुरा त सोच्नै सक्दैनन । बरु धर्म नास भए होस तर कठोर अतिबादी सोचलाई निरन्तरता दिनु नै असल धार्मित्व भएको स्वाङ पार्नमै ब्यस्त देखिन्छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank