बारा-बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदी किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलितलाई प्रवेश निषेध गरिएको छ । भदौ ५ गतेदेखि गाउँपालिकास्थित दुधौरा नदी किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलितलाई प्रवेश निषेध गरिएको छ । भदौ ५ गतेदेखि सुरु भएको महायज्ञ एक सय १७ दिनसम्म चले पनि दलित समुदायका मान्छेलार्इ प्रवेश निषेध गरिएकाे छ ।
महायज्ञमा दलित समुदायलार्इ पस्न नदिएपछि उनीहरु निरास बनेका छन् । महायज्ञ व्यवस्थापन समितिले दलित समुदायका मान्छे हवनमा बस्दा अनिष्ट हुने हल्ला फैलाएपछि न्यायका लागि दलित समुदाय जिल्ला प्रशासनमा गएका थिए । प्रशासनको भूमिकासमेत प्रभावकारी नहुँदा दलितकाे हकमा अन्याय भएको पूर्वमन्त्री कलावती पासवानले बताइन ।
महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनिल गुप्ताले बिहीबार पत्रकार सम्मेलन गरी आफूहरुले दलित समुदायलाई हवनमा बस्न कुनै अवरोध नगरेको जानकारी दिए । राष्ट्रिय सभा सदस्य रमेश यादवले मानव कल्याणका लागि यज्ञको थालनी भएकाले विभेद गर्न नपाउने कानूनको अवज्ञा गर्ने अधिकार कसैको नरहेको बताएका थिए ।
Leave a Reply