काठमाडौं–दलित समुदायले स्थानीयस्तरमा भोगिरहेका समस्यालाई प्राथमिकतामा राखेर भावी योजना तर्जुमा गर्नुपर्ने यस क्षेत्रका विज्ञले सुझाव दिएको छन ।
दलित सेवा सङ्घद्वाराआइतवार काठमाडौंमा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीका वक्ताहरुले यथार्थमा आधारित रहेर सरोकारवालासँग छलफल गरी योजना बनाउन सुझाव दिएका हुन् ।
कार्यक्रममा सेभ द चिल्डे«नका कार्यक्रम निर्देशक जुली एलेनले स्थानीयस्तरमा दलित समुदायले भोग्नु परेको समस्या सम्बोधन गरी योजना तर्जुमा गर्न सुझाव दिँदै त्यसका लागि नेपालको सङ्घीय प्रणाली अवसर भएको उल्लेख गरिन् । उनले सङ्घले बनाएका योजना अन्य संस्थाका लागि उदाहरणीय बन्नुुपर्ने बताइन् ।
एक्सन एड नेपालका कन्ट्रि डाइरेक्टर सुजाता माथेमाले स्थानीय समुदायका अनुभवलाई आधार बनाएर योजना निर्माण गर्दा प्रभावकारी र कार्यान्वयन गर्न सहज हुने धारणा व्यक्त गरिन् ।
आईएम स्विडिसका नेपाल निर्देशक गोविन्द न्यौपानेले परिवर्तित राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीतिक तथा आर्थिक सन्दर्भलाई समेत मध्यनजर गरी भावी रणनीति तयार गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सङ्घका अध्यक्ष चक्रमान विश्वकर्मा, संस्थापक अध्यक्ष मोतिलाल नेपाली, पूर्वअध्यक्ष गजाधर सुनार, वरिष्ठ उपाध्यक्ष गणेश कालिराज, दलित गैरसरकारी संस्था महासङ्घका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्मालगायतले दलितको हितमा कानूनले धेरै व्यवस्था गरेको भए पनि कार्यान्वयनमा कमजोरी रहेको धारणा व्यक्त गरे । दलित सेवा संघका महासचिव सन्जु विश्वकर्माले संघको अबको रणनीति समुदायको मुद्धा केन्द्रित हुने दावी गरे ।
काठमाडौंमा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा’ विषयक राष्ट्रिय कार्यशाला २५ जिल्लाका ५० विज्ञ र सङ्घका पदाधिकारीको सहभागिता रहेको सङ्घले जानकारी छ ।
Leave a Reply