न्यूयोर्क- तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेश विज्ञप्ति जारी गर्नु भई समाजको धारणा सार्वजनिक गरेको छ ।
शैक्षिक तथा आर्थिक क्षेत्रमा समस्त तामाङ समुदायको समग्र विकासको लागि उल्लेखनीय योगदान गरी तामाङ संस्कार र संस्कृतिलाई अमेरिकामा बसोवास गर्दै अईरहेको नयाँ पुस्तालाई हस्तान्तरण गरि संस्कृति संरक्षण गर्ने र तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन विशेष भूमिका निर्वाह गर्दै नेपाली (प्रवासी) डायस्पोरामा सामुदायिक अगुवाई लिने पवित्र उद्देश्यका साथ अमेरिकी कानुन अन्तर्गत स्थापित यस ‘तामाङ समाज अमेरिका’ र यस संस्थासँग आवद्ध व्यक्तित्वको मान मर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गरी अर्कोतर्फ विवाद समाधान कमिटी गठन भएको भन्ने विरोधाभासपूर्ण विज्ञप्तिले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्त्व पंक्तिको असक्षमता, अपरिपक्वता र अदूरदर्शिताको स्पष्ट चित्रण गर्दछ ।
यस्तो गन्तव्यहीन नेतृत्वबाट बृहत् समाज निर्माण र नेतृत्वको सम्भावना पुरै समाप्त भएको कुरा विज्ञप्तिको भ्रमपूर्ण र विरोधाभासपूर्ण विषय वस्तुले समेत स्पष्ट पार्दछ । तामाङ समाज अमेरिका र यस संस्थासँग आवद्ध व्यक्तिहरूको मानमर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गर्ने र अर्को तर्फ तथाकिथत विवाद समाधान कमिटी गठन भएको भनेि विरोधाभास विज्ञप्ति मार्फत समाज र समुदायमा भम फैलाउने समाचार केही अनलाइन मेिडयामा प्रकाशन भएकोले तामाङ समाज अमेरिकाको गहिरो ध्यान आकर्षण भएको छ ।
तामाङ समाज अमेरिका कुनै पनि संस्थाको विरूद्ध नभै अमेरिकाको कानुन अन्तर्गत स्वतन्त्र रुपमा दर्ता भई हालै सम्पन्न प्रथम अधिवेशनबाट कार्यसमिति निर्वाचित भई स्पष्ट लक्ष्य र कार्यदिशाका साथ अघि बढिसकेको अवस्थामा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा गठित कथित समितिको कुनै औचित्य नभएको र त्यस्ता कथित वार्ता कमिटीसँग कुनै वार्ता नगरिने व्यहोरा यसै विज्ञप्ति मार्फत स्पष्ट पार्दै सर्वसाधारणलाई भ्रमित गर्ने कुन्ठित अभिलाषाबाट अभिप्रेरित उक्त भ्रमपूर्ण र विरोधाभास विज्ञप्तिबाट किन्चित पनि दिग्भ्रमित नहुनको लागि सम्पूर्ण सदस्य, विभिन्न संघ(संस्था र विश्व भरि फैलिएर रहेका तामाङ समुदायलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ
Leave a Reply