प्रधानमन्त्री ओली विरुद्ध अमेरिकामा कालो झण्डा

दलित अनलाईन १२ आश्विन २०७५, शुक्रबार २१:१९

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३औं महासभा बैठकलाई सम्बोधन गर्दे ‘आफुलाई दुई तिहाई समर्थन प्राप्त भएको र देशमा स्थिरता आएको’ भन्दै विश्व समुदायलाई आश्वस्त पार्न प्रयत्न गरिरहेको बखत बाहिर भने नेपाली काग्रेंसको भातृसंगठन नेपाल तरुण दल अमेरिका, आदिवासी जनजाति महासंघ अमेरिका, मधेसी संगठन र बौद्ध धर्मावलम्बीहरुले कालो झण्डा देखाएर ४ घण्टा धर्ना दिए ।

संविधान दिवसको अवसरमा टुँडीखेल मन्चबाट ‘अधिकारको आन्दोलन सकिइसकेको र त्यसरी आन्दोलन गर्नेलाई नछाडिने’ भनि धम्की दिएर संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारका आन्दोलनमा लागेका संघसंस्थाहरुबाटै कालो झण्डा ब्योहोर्नु परेकोछ ।

न्यूयोर्क स्थित संचारकर्मी प्रदिप थापा परियारका अनुसार, अमेरिका आएको मौका छोपी त्यहाँ स्थित आदिवासी जनजाति, मधेसी र बौद्ध धर्मावलम्बीहरुले आफ्ना गुनासो राख्न भेट्न चाँहदा ‘समय नभएको भन्दै उपेक्षा गरिएपछि’ आदिवासी जनजाति महासंघको आब्हानमा प्रधानमन्त्री बिरुद्ध विरोधसभा गरिएको हो । प्रधानमन्त्रीको भ्रमणलाई समन्वय गरिरहेको नेकपा सम्बद्ध प्रवासी नेपाली मन्चले आदिवासी जनजाति महासंघको अगुवाईमा प्रधानमन्त्री ओलीको स्वागत तथा अन्तर्कृया गर्ने कार्यक्रम अस्विकार गरिदिएकोथियो । त्यसैको रिसमा विरोधसभा आयोजना गरिएको हुनसक्ने न्यूयोर्कमा रहेका नेकपा सम्बद्ध एक नेताको भनाई थियो ।

विरोधकर्ताले प्रधानमन्त्रीलाई विरोध गरिएकोबारे केहि बुँदाहरु दिएकाछन् । त्यो जस्ताको तस्तै तल दिइएकोछ –

  • पछिल्लो समय पहिचान सहितको प्रदेश नामकरण गर्न षड्यन्त्र गर्न थालिएको ।
  • संबिधान जारि हुँदादेखिको आदिवासी जनजातिहरुको माग सम्बोधन गर्न संबिधान संसोधन गर्न बेवास्ता गरिएको ।
  • आदिवासी जनजाति तथा मधेशीहरुको राष्ट्रिय चाड पर्बहरुको राष्ट्रिय बिदा कटौती गरिएको ।
  • पछिल्लो समय राज्यले हिन्दू मन्दिरलाई विभिन्न आर्थिक सुबिधा दिने तर बुद्धिष्ट गुम्बाहरुमा बार्षिक कर लगाउने नीति लागु गर्ने निर्णय गरेको ।
  • विवादित तथा धार्मिक बिषयसंग जोडिएको राष्ट्रिय जनावर गाईलाई राष्ट्रिय जनावर घोषणा गरि आदिवासी जनजातिहरुको मौलिक हक अधिकार हनन गरिएको ।
  • आदिवासी जनजाति सम्बन्धि आईएलओ १६९ तथा युएनड्रिप सम्झौता पालना नगरिएको ।
  • विश्व सम्पदा सुचिकृत आदिवासी बस्तिहरुमा गैरकानुनि रुपमा सडक बिस्तार गरि आदिवासी जनजातिहरुलाई घरबार बिहिन बनाउने षड्यन्त्र गरिएको ।
  • देशमा सामाजिक सुरक्षा तथा कानुनी साशन जनतालाई प्रत्याभूत गराउन नसकेको ।
  • लुम्बिनी बिकाश कोषमा बौधमार्गी बिरोधी गैर बुध्दिष्टलाई नियुक्त गरेको ।
  • गैरकानुनी सुन काण्ड, भन्सारछली तथा तस्करहरुलाई उन्मुक्ति दिएको ।
  • अपहरण र ईन्काउन्टरको नाममा निर्दोष ब्यक्तिहरुलाई नियन्त्रण पश्चात सुरक्षाकर्मीहरुद्धारा हत्या गरिएको ।
  • महिलाहरू माथि भैरहेको बलात्कार, हत्या, हिंसा तथा अपहरण जस्ता जघन्य अपराध ढाकछोप गरेको ।

    त्यसैगरि तरुण दलले समेत आफ्ना समर्थकहरुलाई विरोधसभामा भेला हुन आब्हान गरेर सूचना नै प्रकाशित गरेकाथियो । यसरी विरोध कार्यक्रम आयोजना गरिएपछि न्यूयोर्कमा प्रधानमन्त्री ओलीलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रम नै स्थगित गरिएकोछ ।

    साभार  : फ्री प्रेस नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank