सिडियो र दलित अधिकारकर्मीहरुले भने ,दलित समुदायकाे मुद्दा बागलुङबाट माथि उठन सकेनन्

दलित अनलाईन ३० भाद्र २०७५, शनिबार १८:३५

बागलुङ–प्रमुख जिल्ला अधिकारी र राजनीति दलका नेतासँगै दलित अधिकारकर्मीहरुले आफुहरुले चाहे जस्तो दलित मुद्दा बागलुङ्गबाट उठाउन नसकेको स्वीकार गरेका छन् ।
समानता र सामाजिक न्यायका लागि दलित अनलाईन डटकम भन्ने मूल नारा लिएर सुरु भएको दलित अनलाईन डटकम यही असोज ३ गते अर्थात संविधान जारी भएको दिन दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गदै छ । यसशिलशिलामा दलित अनलाइनले बागलुङ्ग संचालन   गरेको बहस कार्यक्रमा दलित मुद्दा बागलुङबाट चाहे उठाउन नसकेको उनीहरूले बताएका हुन् ।
प्रमुख जिल्ला  अधिकारी बेदप्रसाद खरेलले आफु बढीघाट नदी पहिरोपछि थुनिएर बस्ती जोखिमा परेर जानु पर्ने भएकाले महात्वपूर्ण बहस कार्यक्रमा बस्न नपाएकाे भन्दै आफुले अब दलित मुद्दामा दृढताका सार्थ मुद्दा उठाउने बताए । ‘म बढिघाटमा तत्कालै जानुप¥यो, अब म दलित मुद्दामा इच्छा शक्ति देखाएर काम  गर्छु ।’
यस्तै नेकपा नेता लालबहादुर थापाले अब नेकपाले सास्कृति कान्तिमार्फत दलितको मुद्दाको सशक्तकरणको मुद्दा चलाउने बताए । हिजोदेखि दलित मुद्दामा केही कमिकमजोरी भएको भन्दै राजनीतिक शक्तिहरुले चाहे दलितमाथिको उत्पीडन र विभेदको आधा समस्या समधान हुने बताए ।
नेपाल बार एशोसिएसनका अध्यक्ष हरिप्रसाद शर्माले प्रहरी प्रशासनबाटै दलित घटनाहरु दर्ता नगर्ने गरेपनि तत्कालै सहमति गर्दा उत्पीडनका घटनाहरु झनै फराकिलो बन्दै गएको बताए ।
नेपाल पत्रकार महांघका अध्यक्ष दिल शिरिसले दलितमाथिको जातीय छुवाछूतका गर्ने शैली र स्वरुप फेरिएको दावी ।
अधिव्यक्ता राम शर्माले दलितमाथिको थिचोमिचो अझै कामयमै रहेको भन्दै मुद्दा उठाउन सबैलाई अपिल गरे ।
अधिव्यक्ता तथा महिला अधिकारकर्मी ममता शर्माले जातीय छुवाछूत अन्त्यका लागि कानुनमा अधिकार दिएपनि व्यवहारमा लागू हुन नसकेको दावी गरिन् ।
यस्तै अधिव्यक्ता तथा दलित अधिकारकर्मी याम चर्मकारले दलित मुद्दामा सम्बन्धित निकायहरु सम्वेदनशील नहुँदा दलितमाथिको जातीय विभेदका घटनाहरु झनै बढ्दै गएको बताए ।
सरकारले जारी गरेका ऐन र दलित सम्बन्धी बनेका कानुनहरु लागू नहुदाँ दलित समुदायमाथि पछिल्लो समय विभेदका घटनाहरु झनै बढेको  दलित अधिकारकर्मी धनबहादुर परियारले बताए । दलित समुदायको समाजिक आर्थिक राननीतिक र सासस्कृति लगायत सबै क्षेत्रमा उत्पीडन र थिचिमिचो उस्तै रहेकाे भन्दै परियारले प्रशासनिक निकायहरु अझै गम्भिर भएर दलित मुद्दा उठन गर्ने लाग्नुपर्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank