लक्ष्मी परियारको बलात्कारपछि हत्या भएको परिवारको दावी : गृहमन्त्रीलाई भन्दा पनि न्याय पाइएन

दलित अनलाईन २६ भाद्र २०७५, मंगलवार १९:२५

काठमाडौ–बलात्कारपछि छोरीको हत्या भएको आशंका गदै गृहमन्त्रीलाई हत्यारालाई कारबाही माग गर्दा गृहमन्त्रीले आफुहरुलाई बेवास्ता गरेको पीडित परिवारहरुले दावी गरेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पीडित परिवारले गृहमन्त्रीलाई छोरी लक्ष्मी परियारको हत्यारालाई पक्राउ गर्ने आधार हुँदाहुँदै पनि प्रहरीबाट पक्राउ नगरिएको भन्दै न्यायको लागि अपिल गरेपनि गृहमन्त्रीबाट कुनै सुनाइ नगरेको उनीहरुले दावी गरेका हुन् ।
बलात्कार गरि हत्या गरिएको आशंकामाा धादिङ जिल्ला निवासी लक्ष्मी परियासका बुवाले छोरीको बलात्कार गरी हत्या भएको भनि तत्काल छानबिन गर्न गराइ न्याय दिलाउन गृहमन्त्री सङ्ग माग गरेका थिए । तर आफुहरुले राखेको मागमा कुनै सुनाइ नगरेको पत्रकार सम्मेलनमा मृतकका बुवा अर्जुन नेपाली बताउनुभयो । ‘हामीले प्रहरी प्रशासन र गृहमन्त्रीलाई छोरीको नियोजित हत्याको सबै कुरा राख्यौं,तर प्रहरी र गृहमन्त्रीबाट न्याय पाएनौं ।’


धादिङ जिल्ला निवासी१८ बर्षीय लक्ष्मी परियारको भदौ ७ गते काठमाडौं बसुन्धरास्थिति स्पिड गेस्ट हाउसको कोठा नम्बर ३ मा हत्या भएको थियो । छोरीको हत्यापछि हत्याराको सबै पहिचान खुले पनि हत्याराले चार दिनसम्म आफ्नो मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा प्रहरीबाट बेवस्ताकै कारण अपराधि उम्किएको परिवारको दावी छ । हत्यारालाई तत्काल पक्राउ गर्ने आधारहरु हुदाहुदै पनि प्रहरीले हत्यारालाई खोजी नगरेको जानकारी गराउदै न्याय दिलाइदिन पत्रकार सम्मेलन गर्दै मृतकका बुवा अर्जुन नेपाली भने गृहमन्त्री राम बहादुर थापा बादललाइ भेटेर छोरीको हत्यारालाई तत्काल समातेर कारबाही नगरिएको भन्दै न्याय दिलाउन सबैलाई पत्रकार सम्मेलनबाट नेपाली अनुरोध गर्नुभयो ।
पत्रकार सम्मेलनमा पूर्व महिला आयोगकी अध्यक्ष एवं नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य मनु हुमागाइले राज्यले जनतालाई सुरक्षा दिन नसक्नु नै राज्यको लागि विडम्बना भएको बताउनुभयो । तत्काल महिलामाथि हुने हिंसा र बलात्कार रोकथाम गर्नुका साथै पीडित लाई न्याय दिलाउन माग हुमागाइले राख्नु भएको थियो ।

यस्तो हो घटना

परिवारका अनुसार मृतक लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि एक्कासी सम्पर्कविहीन भएकी थिइन् । मृतकका बुवा तुलामानका अनुसार भदौ ७ गतेबाट सम्पर्कविहीन भएकी छोरी भदौ १५ गते काठमाडौं–३ स्थित बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नं। १०१ मृत भेटिएकी थिइन् ।

त्यसपछि पीडित परिवारले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही माग गरेर भदौ १६ गते महानगरीय प्रहरी बृत्त महारजगञ्जमा जाहेरी दिएको थियो । प्रहरीले लक्ष्मीको शव पोस्टमार्टम गरिसक्दा पनि अपराधी सार्वजनिक गर्न नसक्दा चिन्ता बढेको परिवारले जनाएको छ । पीडित परिवारले दोषीलाई चाँडै पत्ता लगाइ न्याय दिन पनि अपिल गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank