बोक्सीको आरोपमा बुहारीले गरिन् आफ्नै सासुको हत्या

दलित अनलाईन १६ भाद्र २०७५, शनिबार २१:३७

दाङ- दाङमा एक महिलालाई बोक्सी आरोपमा सासूको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सासूको हत्या अभियोगमा दाङको दंगिशरण गाउँपालिका ३ की ४० वर्षीया टंकी रावतलाई प्रहरीले पक्राउ गरेको हो ।
६९ वर्षीया सासू खोपी रावतलाई दाङबाट सल्यान लगेर हत्या गरेको अभियोगमा टंकी रावतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बुहारी लामो समयदेखि बिरामी हुँदै आएको र धामी झाँक्रीलाई देखाउँदा सासू नै बोक्सी भएको भनेपछि हत्या गरेको खुल्न आएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

भदौ २ गते सल्यानमा झारफुक गर्न भनी सासू बुहारी गएको र फर्कने क्रममा ५ गते कपुरकोट गाउँपालिका २ भकमस्थित जंगलमा लाठी प्रहार गरी सासूको हत्या गरेको खुल्न आएको हो ।

सासू जिवित हुँदासम्म आफू सन्चो नहुने निष्कर्षसाथ हत्याको योजना बनाएको टंकीले स्वीकार गरेकी प्रहरीले जनाएको छ । लामो समयदेखि सासूबुहारी सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अनुरोध गरी प्रहरीमा निवेदन दिएका थिए ।

सल्यान गएको भोलिपल्टदेखि मोबाइल स्विचअफ गरी दुवैजना सम्पर्क विच्छेद भएका थिए । खोजतलासका क्रममा शुक्रबार सल्यानको कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वन अन्तर्गत भकमको भिरमा खोपीको शव भेटिएको थियो ।

घटनाको थप अनुसन्धान गरी खोजतलास गर्दै जाँदा टंकी कपिलवस्तुको कृष्णनगरमा लुकिछिपि बसेको अवस्थामा शनिबार प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा खटिएको विशेष टोलीले पक्राउ गरी दाङ ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank