बर्दियामा दलित विद्यार्थीमाथि शिक्षिकाबाट विभेद, घटना गाउँमै मिलाउन प्रिन्सिपलकाे दबाब

दलित अनलाईन १६ भाद्र २०७५, शनिबार १३:४६

बर्दिया– आफैले पढाउने शिक्षिकबाट विद्यार्थीमाथि विभेद हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर समाजमा सरकारले जतिसुकै नयाँ कानुन ऐनहरु जारी गरेपनि दलित सुमदाय माथिको विभेद रोकिएको छैन । यो वा त्यो बहानामा दलितमाथिको छुवाछूत कायम नै छ । यस्तै घटना भएको छ बर्दियामा । आफ्नै शिक्षिकाबाट विभेदको शिकार भएकी छिन् बर्दिया बढैताल गाउँपालिका वडा २, फुटाहाकी उषा सुनार । विहिबार श्री सरस्वती माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी उषा सुनार र उनकी साथीले शिक्षिका विन्दु पौडेललाई घरबाट खाना लिएर स्कूलमा गएका थिए । बाटोमा उषाकी साथीले उषालाई खाना समाउन दिएपछि खाना उषाले बोकेर स्कुल पुगेकी थिइन् । स्कुलमा पुगे लगत्तै शिक्षिकालाई नमस्कार गरी आफुले बोकेको खाना शिक्षिकालाई दिँदा पौडेलले साना जातको हातबाट छोएको खाना नखाने अडान राख्दै आफुलाई विभेद गरेको पीडित उषा सुनारले बताउनुभयो ।


खाना दिने क्रममा उषाले म्याडम खाना लिनुहोस भन्दा तैले छोएको मैले खाने भन्दै आफुहरुलाई जातीय आधार देखाउँदै गालीगलौज गरी छुवाछूत गरेको पीडित उषा सुनारले बताउनुभयो । ‘मैले खाना दिन लागेको मात्रै के थिए, म्यामले दलितले छोएको नखाने भन्नुभयो । ’
पीडितका अनुसार तत्कालै आफु र साथीले स्कूलमा प्रिन्सिपललाई घटनाको जानकारी गराए पनि प्रिन्सिपलले घटनालाई सामान्य रुपले लिएका थिए । विहिबार स्कूल व्यवस्थापन समितिले उषा सुनारको परिवार र दलित अधिकारकर्मीहरुलाई बोलाएर घटनालाई बाहिर नलैजान गाउँमै घटना मिलाउन आग्रह समेत गरेका थिए ।
बर्दिया गुलरियाका दलित सेवा संघका अध्यक्ष तथा दलित अधिकारकर्मी ताराबहादुर सुनारले आफुहरुले विद्यालय व्यवस्थापन समितिसँग कुनै पनि हालतमा घटना नमिलाउने दाबी गर्दै आइतबार शिक्षिकाविरुद्ध जाहेरी दर्ता गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank