देवानी संहिताको प्रभावकारी कार्यान्वयनमा जोड

दलित अनलाईन १३ भाद्र २०७५, बुधबार २२:१७

सुशील दर्नाल

काठमाडौँ- देवानी संहिता तथा फौजदारी संहिताको व्यवहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन ।
बुधबार संकल्प नेपालद्वारा  आयोजित “देवानी संहिता तथा फौजदारी संहिता” विषयक अन्तरक्रिया कार्यक्रममा महिला अधिकारकर्मीहरुले कानूनलाई लक्षित समुदायसम्म पु¥याएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद राधेश्याम अधिकारीले देवानी संहिता महिलामैत्री भएको भन्दै कार्यान्वयनमा महिलाहरु नै सक्रिय हुनुपर्ने बताउनुभयो । नयाँ शक्ति नेपालकी नेत्री दुर्गा सोवले ऐन-काूनन लाई समय अनुसार परिवर्तन गर्न सकिने भन्दै पीडितले न्याय पाउने गरी भएका ऐन-कानून कार्यान्वयन गर्नुपर्ने बताउनुभयो  ।


वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संहिता तथा फौजदारी संहिताले सिमान्तकृत समुदायलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो । संकल्पकी अध्यक्ष लीली थापाले पुरुषले पनि श्रीमतीसँग सम्वन्ध विच्छेद गर्न पाउनुपर्छ भन्ने विषयमा पुरुषले जुनसुकै कारण देखाएर भएपनि सम्वन्धविच्छेद गर्ने खतरा हुँनेहुँदा त्यस बारे सचेत हुनुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank