सामूहिक बलात्कारपछि हत्या गरिएकी माया विकको परिवारलाई प्रदेश सरकारले पाँच लाख क्षतिपूर्ति दिने

दलित अनलाईन ११ भाद्र २०७५, सोमबार २३:४४

कैलाली – सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका–११, कटानकी माया विकका परिवारलाई पनि प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्री परिषद बैठकले मायाका परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

नगरपालिकाको सामाजिक परिचालिकामा कार्यरत माया गएको असार १० गते बेपत्ता भएकी थिइन भने असार १५ गते नगरपालिका–११, को चपरथली सामुदायिक वनभित्र शव भेटिएको थियो ।

माया विकको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतले गौरीगङ्गा नगरपालिका–११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, त्यसै ठाउँका २७ वर्षीय मनोज बोगटी, ऐठाका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई पूर्पक्षका लागि कैलाली कारागार चलान गरिसकेको छ ।

प्रदेश ७ को सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी कविता विष्टका परिवारलाई पनि राहत दिने भएको छ । तर राहत रकम कति दिने भन्नेबारे भने खुलाइएको छैन । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पीडित परिवारसँगको भेटघाटपछि रातहको घोषणा गरिने बताउनुभयो ।

निर्मला पन्तको परिवारलाई न्याय दिलाउनका लागि प्रदेश सरकार लागि परेको प्रदेश ७ का कानून मन्त्री प्रकाशबहादुर शाहले बताउनुभयो । निर्मला हत्का काण्डमा मात्रै नभएर प्रदेश सरकारले प्रदेशमा घटेका यस्ता घटनाका पीडितहरुलाई न्याय र राहत उपलब्ध गराउन प्रयासरत रहने उहाँले आश्वासन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank