दलित अनलाईन

सांसद आशा विकको संसदमा प्रश्न : दलित समुदायले राज्यबाट के आश गर्ने ? (भिडियो सहित)

दलित अनलाइन भदौ ७, २०७५

काठमाडौं– प्रतिनिधिसभाकी सांसद आशा विकले विश्वकर्मा समुदायले अंगाल्दै आएको सुनचाँदी पसल ठुला व्यापरीहरुको सिन्डीकेटले गर्दा बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारले तत्कालै छानविन गरी कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार संसद बैठकमा बोल्दै सांसद आशा विकले देशभर बीस हजार भन्दा बढि सुनचाँदी पेशामा दलित समुदाय आवद्ध रहेको र पैतीस हजार भन्दा बढि कालीगढहरु दलित समुदायको परम्परागत सुनचाँदी हस्तकला पेशामा आबद्ध रही आफनो जीवीकोपार्जन गर्दै आएको भन्दै सभामुखलाई तत्कालै छानविन गरी कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
राज्यलाई समेत यो समुदायले वार्षिक आठ अर्व भन्दा बढि कर तिर्दै आएका छन् । तीनै समुदाय कच्चा पदार्थ सुन अभावका कारणले र ठुला व्यापरीहरुको सिन्डीकेटले गर्दा पेशाबाट नै बाहिरीनुपर्ने खतरा समेत रहेको विकले संसदमा जानकारी दिनुभयो ।
विकले संसदमा सरकारले उपलब्ध गराएको दैनिक २० केजी सुनको कोटामा समेत केहि ठुला व्यापारीहरुको हातमा मात्र जाने र नेपाल सुन चाँदी व्यवसायी महासंघको घोषित नीतिका कारणले र राष्ट्र बैंकले समेत बिना नियम कानुन दैनिक २० केजी सुन महासंघहरुलाई मात्र उपलब्ध गराएको र उक्त कोटामा प्राप्त सुनलाई केही माफिया र ठुला सुन व्यापारीहरुले सिन्डीकेट खडा गरी तोलामा ४ हजार बढि लिदै सो सुन बेच्ने गरी कालो बजारी गरेको पाइएकोले राष्ट्र बैंकले उक्त सुन महासंघलाई नदिई सीधै व्यवसायी र कालीगढहरुलाई एकद्धार प्रणालीबाट उपलब्ध गराउन सरकारलाई अनुरोध समेत गर्नुभयो ।

नजिकिदै गरेको चाडपर्व जस्तै तीज, दशैं , तिहार लगायत चाडपर्वमा केही ठुला व्यवसायीहरुले सिन्डीकेट खडा गरी कच्चा पदार्थको कृत्रिम अभाव निर्माण गरी कालीगढ र व्यवसायीहरुलाई मारमा पार्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्न जाने हुँदा तत्काल समस्याको निराकरण गर्न सम्माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ,उहाँले भन्नुभयो ।
दलित समुदायको ऐतिहासिक परम्परागत सीप र पेशालाई राज्यले संरक्षण गरेमात्र समृद्ध नेपाल र सुखी नेपाल बन्ने सम्भावना छ । अन्यथा दलित समुदायका लागि हात्ती आयो हात्ती आयो फुस्स हुने सिवाय केहि छैन भन्दै सांसद विकले सम्माननीय सभामुख मार्फत तत्काल समस्या समाधानका लागि सरकारलाई विशेष आग्रह गर्नुभयो ।

भिडियो

https://www.facebook.com/100004953468725/videos/1054857964689309/?t=8

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank