पानी छोएको निहुँमा वडा अध्यक्षबाटै कुटिए अजय राम

दलित अनलाईन ३ भाद्र २०७५, आईतवार २३:३८

सर्लाही– सलोही विष्णुगाउँपालिका वडा २ को कार्यालयका अध्यक्षबाटै पानीको बाल्टी र जग छोएको भन्दै कुटपिट गरी जातीय छुवाछूत गरेका छन् ।
सर्लाही विष्णगाउँपालिका वडा १ को वडा कार्यालयमा पकडीमा पोषण भत्ता लिन गएका बेला वडा कार्यालयका अध्यक्ष सन्तो साहल र नगेन्द्र चौधरी पानी छोएको भन्दै कुटपिट गरी जातीय विभेद गरेका हुन ।
साउन २७ गते ३४ वर्षीय अजय रामले आफ्नो ४ वर्षीय छोराको दलित समुदायलाई उपलब्ध गराउँदै आएको पोषण भत्ता बुझ्न जादाँ सोही समयमा वडा अध्यक्ष र कार्यालय सहयोगी नगेन्द्र चौधरीले टेबुलमा रहेको पानीको जग छोएको निहुँमा कुटपिट पीडित अजय रामले बताउनुभयो । ‘मैले पानी रहेको जग उचालेर पानी खान के लागेको थिए, चमार जाति भएर पानीको जग छुने भन्दै जातीय आधारमा गाली गरे । ’
वडा अध्यक्ष सन्तो साहले तिमी चमार जाति भएर किन पानी खाईस ,पानीलाई किन अपवित्र गरिस । आफुबाट पानी छोएकोको भन्दै गाली गलौज र हातपात गरी आफुलाई बाहिर निकालको पीडित अजयले जानकारी दिनुभयो । पीडित अजयले आफु माथि अन्याय र मानव अधिकार हनन भएको न्यायका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
दलित अधिकारकर्मी तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले अजयमाथि जातीय छुवाछूत वडा अध्यक्षबाटै भएको भन्दै कानुनी कारबाही गर्ने बताउनुभयो । वडा अध्यक्षबाटै यस्तो गतिविधि हुन थालेपछि हामीले न्यायको आशा कसरी गर्ने ? उहाँले प्रतिप्रश्न गदै भन्नुभयो,वडा अध्यक्ष र कर्मचारीलाई तत्कालै कारबाही हुनुपर्छ ।
पीडकलाई जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्मको कारबाही लागि लागि जिल्ला प्रहरी कर्यालय भदौ १ गते सर्लाहीमा जाहेरी दर्ता गरेका पासवानले जानकारी दिनुभयो ।

‘पीडितलाई न्याय दिलाउँछौं’ पुरुषोक्तम पाण्डे
वडा अध्यक्ष र कर्मचारी नगेन्द्र चौधरीले अजयमाथि जातीय छुवाछूत गरेको जाहेरी दर्ता भएसँग आफुहरुले अनुसन्धानकोक काम गरेको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोक्तम पाण्डेले जानकारी दिनुभयो । ‘जाहेरी दर्ता भएपछि प्रत्रिया अनुसार नै काम गरिएको छ , दोषीलाई कारबाही गछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank