प्रदेश २ मा संगठित हुँदै दलित अगुवाहरु

दलित अनलाईन २५ श्रावण २०७५, शुक्रबार २३:४१

मनोज राम

पर्सा–प्रदेश २ का दलित अगुवाहरु विस्तारै संगठित हुन थालेका छन् । मधेशी दलितहरुको बहुल्यता रहेको प्रदेश दुईमा दलित समुदायको हक अधिकारलाई प्रदेशीय सरकारदे कटौती गरेको भन्दै उनीहरुले दबाव दिदै विभिन्न सुझावहरु अघिसरेका छन् ।
दलित अगुवा हिरालाल महरा चमारले प्रदेश सरकारले केही दलित समुदायका लागि राम्रो काम गरे पनि सामाजिक न्यायलाई अनुभूति गराउने ऐनहरु जारी भए पनि कार्यान्वयन समस्या रहेको दलित अगुवा हिरालाल महरा चमारले बताउनुभयो । ‘धेरै ऐन जारी भएको छ , तर कार्यान्वयनमा समस्या देखिएको छ ।’
महराका अनुसार दलित सशक्तिकरण विधेयक ,प्रहरी ऐनमा दलित कोटा दलित अवस्था , दलितको शिक्षामा पहुँच ,जातीय भेदभाव तथा छुवाछूत विरुद्ध , पर्सा जिल्लाको दलित एकताको लागि संगठन निर्माण समेत गरिएको छ ।

निर्वाचित दलित प्रतिनिधिको अवस्था, गाउँपालिका र नगरपालिकामा दलितको पहुँच, बजेटमा दलित सहभागिता दलितको सामाजिक न्यायको लागि सामाजिक आन्दोलन तथा राजनीतिक आन्दोलनको बारे गम्भिर समिक्षा गदै भावी योजनाहरुलाई कार्याक्रमबाटै हल गरी जाने दलित अगुवा नेता सुबा रामले बताउनुभयो । ‘हामीले मधेशभित्रको दलित अवस्थाको बारेमा गम्भिर समिक्षा गरेका छौं, दबाबबाटै हल गछौं । ’
जसमा दलित नेता सुरेन्द्र पासवान, शिक्षक उमाकान्त माझी, शिक्षक गोविन्द राम , दलित अगुवा डा चन्द्रकिसोर राम ,इनरदेव राम ,वीरेन्द्र राम ,मुरतिया देवी ,दलित अधिकार समाज ,पर्सा,नेपालको कार्यकारी निर्देशक गणेश महरा हरिनारायण महरा,राधेश्याम राम,नगेन्द्र राम,रामेश्वर राम,फुलकलिया देबि ,ब्रहदेव माझी ,सिगाशन चमार ,झपशी देवि, देवराज राम र देवराज राम र दलित अधिकार समाज ,पर्साका अध्यक्ष मनोज रामले सामाजिक न्यायका लागि आन्दोलन सुरु गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank