आमाको मृत्युपछि साहारा विहीन बने दलित बालक

दलित अनलाईन २२ श्रावण २०७५, मंगलवार २०:२०

प्रकाश सिंह

बाजुरा,बुढिगंगा नगरपालिका १० बस्ने मंगल नेपालीका दुई छोरा साहाराविहीन बनेका छन् । उनका १२ वर्षीय छोरा अनिल नेपाली र १० वर्षका छोरा अरुण नेपाली ५ वर्ष देखि अलपत्र अवस्थामा रहेको स्थानीय भरत कुँवरले वताउनुभयो ।

५ वर्ष पहिले ती नावालककी आमा किडि नेपालीेको बच्चा पाउन नसकेर मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि बुवा मंगलले अर्को बिहे गरेर भारत तिर गएपछि उनीहरु वेसाहारा बनेका हुन् । ती दुई नावालक बच्चा अहिले बुढी बजै ७० वर्षीय इन्द्रा नेपालीको भरमा छन् । मंगलले अर्को बिहे गरेपछि भारतमा कहाँ बस्छन्, कुनै सम्पर्क छैन् । दुई दाजुभाई पहिला त विद्यालय जाने गरेका थिए तर अहिले विद्यालय छोडेर पेट पाल्नका लागि अरुको काम गर्ने गरेको स्थानीयले वताएका छन् ।

सरकारले दिने वृद्धभत्ताले यी दुई नातिहरुलाई पाल्ने गरेको थिएँ, त्यो पैसाले केही राहत हुने गरे पनि अहिले आफु पनि बिरामीले थलिएपछिे यिनीहरुलाई पाल्न निकै समस्या भएको इन्द्रा नेपालीले वताउनुभयो । घरमा खान लाउन नपुगेपछि ती दुवै भाई १ हप्ता पहिले घरबाट भागेर बुवाको खोजीमा भारत हिँडेका थिए । अछामको साँफेमा प्रहरीले दुबैलाई प्रक्राउ गरेर बाजुरा प्रहरीलाई बुझाएको थियो । प्रहरीले ती बच्चाहरुलाई बजैको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी सागर बोहोराले भन्नुभयो – ‘घरमा अरु अभिभावक कोही नभएपछि अलपत्र बने, घरमा खान लाउन पनि नपुगेपछि भागेर भारततिर लाग्दा प्रहरीले उनीहरुलाई प्रक्राउ गरेर आफन्तको जिम्मा लगाएको हो ।’

अनिलले भने, ‘बुवा सम्पर्कमा छैनन् ,आमाको मृत्यु भइसक्यो बुढि बजै हुनुहुन्छ , घरमा खान लाउन पुग्दैन्, कुनै दिन त भोकै बस्ने गरेको उनले वताए । विद्यालय जाने रहर त थियो, कक्षा ३ मा पढदै थिएँ, कापी कलम किन्ने पैसा नभएपछि विद्यालय छोडेको उनले बताए । तिहार , चाड पर्व आउँदा सबैले नयाँ लुगा लगाउँछन्, निको नौलो खाने गर्छन्, आफुहरु भने मागेर खाने गरेको उनले रुँदै भने । उनीहरुको घर पनि खरले छाएको निकै जीर्ण रहेको छ, अन्य कुनै खेतीयोग्य जमिन समेत छैन् । माथिल्लो जातको घरमा मागेर ती बच्चा पेट पाल्दै आएको अनिलको बजै इन्द्राले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank