उपचार सेवा नपाएको भन्दै वीर अस्पतालमा सेवाग्राहीको प्रर्दशन

दलित अनलाईन ३ श्रावण २०७५, बिहीबार १६:५९

काठमाडौँ – सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन् ।

बिरामी र उनीहरुका आफन्तले  बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेको भन्दै  आपत्ति जनाउँदै तत्काल सबै सेवा सञ्चालन गराउन माग गरेका छन्  । बिरामी र बिरामी कुरुवाहरुले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरे  ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि बिरामी र बिरामीका कुरुवाहरुले सास्ती व्यहोर्नु परेको छ । बिरामी कुरुवाहरुले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।

पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले विरामीहरुको उपचारमा चिकित्सकहरु नर्फकिए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank