गृहमन्त्री थापा र चिनियाँ उपमन्त्री भेट, यस्तो भयो सहमति !

दलित अनलाईन ३२ असार २०७५, सोमबार २३:५६

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका चिनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सोमबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भेटमा उपमन्त्री जुनले नेपाल–चिन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिनुभयो । नेपालको भूमिबाट हुने चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उहाँले आग्रह गर्नुभयो ।

चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा गर्नुभएको जानकारी भेटमा उपमन्त्री जुनले दिनुभयो । भेटमा गृहमन्त्रालयका उच्चअधिकारीहरु तथा नेपालका लागि चिनियाँ राजदुत यु होङ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank