नेपालमा जल यातायात विकास गर्न सकिने, भोलि भारतसँग हस्ताक्षर हुने

दलित अनलाईन ३२ असार २०७५, सोमबार २३:४६

काठमाडौ,  – नेपाल भारत जल यातायात विकास सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबारदेखि काठमाडौंमा छलफल शुरु भएको छ ।
नेपालले समुद्रसँगको पहुँचका लागि भारतसँग जल यातायात सम्बन्धमा छलफल शुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यस सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतालाई कार्यरुप दिन दुई देशका सम्बन्धित पदाधिकारीबीच छलफल सुरु भएको हो । छलफल भोलिसम्म चल्ने छ । भारतमा भइरहेको जल यातायातको विकासलाई लिएर नेपालमा त्यसको संभाव्यताका वारेमा छलफल भएको हो ।

नेपालको कोशी, गण्डकी तथा नारायणी नदीमा जल यातायत संचालन गर्न सकिने योजनाकाबारेमा छलफल भएको छलफलमा नेपाली पक्षको नेतृत्व गर्नु भएका ऊर्जा मन्त्रालयका सहसचिव माधव बेलवासेले जानकारी दिनुभयो ।

नेपालमा जल यातायातको विकासका सम्बन्धमा भएको छलफलमा नेपालका तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा ऊर्जा आयोगका प्रतिनिधि सहभागी छन् भने भारतका तर्फबाट ईनल्याण्ड वाटर वेज अथोरिटि अफ इण्डियाका उपाध्यक्ष प्रविर पाण्डे नेतृत्वको टिम सहभागी रहेको छ ।

भारतीय पक्षसँगको छलफलका क्रममा भारतको जल यातायातको विकासको आधार र अनुभवका आधारमा नेपालमा पनि जल यातायातको विकास गर्न सकिने निष्कर्षमा नेपाली पक्ष पुगेको छ ।

जल यातायातको विकासका सम्बन्धमा पुर्वाधार विकास र निजी क्षेत्रको संलग्नतालाई समेत लिएर भोलि फेरि छलफल हुनेछ । छलफलको निष्कर्षको आधारमा नेपालमा जल यातायातको विकासलाई लिएर भोलि नै दुईपक्ष वीच सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank