उत्तर कोरियाली राजदूतको गृहमन्त्रीलाई गुनासोः हाम्रा नागरिकले रोजगार भिषा पाएनन्

दलित अनलाईन २९ असार २०७५, शुक्रबार १५:१२

काठमाडौ —उत्तर कोरियाका राजदूत किम योङ हकले रोजगारीका लागि नेपाल आउने कोरियाली नागरिकको प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो भएको गुनासो गर्नुभएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग शुक्रबार मन्त्रालयमा भएको भेटमा राजदूत योङले उत्तर कोरियाली नागरिकलाई भिषा प्रक्रियामा सहज गरिदिन आग्रह गर्नुभयो । जवाफमा मन्त्री थापाले आफूले सहजताका लागि प्रयास गर्ने बताउनुभयो थियो ।
गृहमन्त्री थापाले उत्तर कोरीयाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गर्नुभएको थियो । उहाँले देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गर्नुभयो ।
उत्तर कोरियाले गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको बताउदै मन्त्री थापाले त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफुहरु ईच्छुक रहेको राजदूत योङलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank