देउवा पौडल गोप्य सहमति, कांग्रेसमा कोइराला विरासत धरापमा

दलित अनलाईन २७ असार २०७५, बुधबार २१:३७

काठमाडौं  – लामो समयदेखि नेपाली कांग्रेसमा रहेको कोइराला विरासत धरापमा परेको छ । बीपी कोइरालाबाट शुरु भएको कोइराला कांग्रेसको विरासत पहिलो पल्ट रामचन्द्र पौडेलको पोल्टामा परेपछि यस्तो धरापमा परेको बताईएको छ । बीपी कोइरालाको निधनपछि गिरिजाप्रसाद कोइराला हुदै अन्तिममा शुशिल कोइरालाले त्यसको विरासत थामेका थिए ।

शुशिलको निधन पछि सोही क्याम्पको भएको नाताले कोइराला क्याम्पको नेतृत्व बिभाजित भएपनि रामचन्द्र पौडेलले गोलबन्द गर्दै आएका थिए । नेपाली कांग्रेसको गएको महाधिवेशनमा कोइराला क्याम्पका नेताहरु बिभाजित भएपछि सभापतिमा शेरबहादर देउवाले बाजी मारेका थिए

पछिल्लो पटक देउवा विरोधी कांग्रेस एक हुने प्रयास गरेका थिए । तर देउवाले सो प्रयासलाई असफल बनाउने रणनीति बनाएको बताइएको छ । हालै कांग्रेस सभापति देउवा र नेता पौडेलबीच प्रादेशिक समितिमा ४र३ को भागबण्डाका लागि सहमति भएको खुलासा भएपछि सो पार्टी भित्र तरंग आएको छ । पौडेल ’क्याम्प’का नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले उक्त सहमतिप्रति असन्तुष्टी जनाएका छन् ।

कांग्रेसको विधानबमोजिम पार्टी्भित्र संघीयता कार्यान्वयनका लागि प्रादेशिक समितिहरू गठन गर्नुपर्छ । सम्बन्धित प्रदेशका महाधिवेशन प्रतिनिधिहरूबाट चुनिएर प्रदेश समिति गठन हुने विधानमा व्यवस्था छ ।

संस्थापन पक्षले प्रदेशहरूमा सर्वसम्मतिबाट संयोजक र कार्यसमिति चयन गर्ने प्रयास गरेको थियो । पौडेललगायत नेता त्यसको विरोधमा थिए । १८ असारको बुढानीलकण्ठ बैठकको सेरोफेरोमा सभापति देउवाले आफूले चार राख्ने र पौडेललाई तीन वटा प्रदेश दिने कुरामा सहमत गराएको खुलेको हो ।

पौडेलले आफ्नो समूहका नेताहरू सिंह, सिटौला र केसीसँग त्यस्तो सहमति भएको जानकारी दिएका हुन् । विधानअनुसार निर्वाचनमार्फत् प्रदेश समितिहरू गठन हुनुपर्नेमा भागबण्डाबाट तय गरिने कुरा मान्य नहुने सिटौला र केसीले पौडेललाई जवाफ दिएका छन् । निर्वाचन हुँदा सातमध्ये ६ वटा प्रदेश समिति आफूहरूको पोल्टामा आउने जवाफ सिंह, सिटौला र केसीको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank