जोकबहादुर विकको हातमा पाँच लाख

दलित अनलाईन २४ असार २०७५, आईतवार ०९:२७

म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषक जोकबहादुर विकले सुन्तलाको विरुवा बेचेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको छ । विगत ५ बर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका विरुवा उत्पादन गर्दै आएका विकले यसै असारमा मात्रै १९ हजार बढी सुन्तलाका विरुवा विक्रि भएको बताउनुभयो ।
उहाँका अनुसार, म्याग्दीको रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा कृषकहरु समेत नर्सरीमै पुगेर १९ हजार बढी सुन्तलाका विरुवा खरिद गरेका छन् । कृषक विकले करिब ४ हजार कागतीका विरुवा समेत विक्रि भैसकेको जानकारी दिनुभयो । यो बर्ष मात्रै विकले सुन्तला र कागतीको विरुवा विक्रि गरि रु ५ लाख बढी आम्दानी गर्नुभएको छ । ‘‘ प्रतिविरुवा रु २० देखि २५ सम्ममा विक्रि हुने गरेको छ, सुन्तलाका अझै ५ हजार विरुवा नर्सरीमै छन, कृषक विकले भन्नुभयो ।

कृषि सेवा केन्द्र मार्फत तालिम लिएर नर्सरी स्थापना गर्नुभएका विकले हरेक बर्ष विरुवाको माग बढ्दो क्रममा रहेकाले आगामी बर्षदेखि अझै ठुलो मात्रामा सुन्तला, कागती लगायतका फलफुलको विरुवा उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

सुन्तलाको विरुवाको लागि तनहुँ, गोर्खा र धादिङबाट समेत माग आएपनि उत्पादीत सबै विरुवा स्थानीय स्तरमै खपत भएपछि माग पुर्ति गर्न नसकिएको कृषक विककी छोरी सिता विकले बताउनुभयो । फगाममा स्थानीय दिलमायाँ तिलिजाले समेत रु २ लाख बराबरको सुन्तालको विरुवा विक्रि गर्नुभएको छ । असार महिनासंगै मनसुन सुरु भएपछि कृषकहरु यतिबेला सुन्तला, कागती लगायतका फलफुल रोप्न व्यस्त बनेका छन भने स्थानीय तहहरुले समेत कृषकहरुलाई अनुदानमा फलफुलका विरुवा वितरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank