नेकपाको सचिवालय बैठक सकियो, यस्तो भयो निर्णय

दलित अनलाईन २० असार २०७५, बुधबार ०९:४८

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सकिएको छ । बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकका लागि दुईवटा एजेण्डा तय गरेको नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जनाकारी दिनुभयाे ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बिहीबार दिउँसो ३ बजे बस्ने पार्टीका स्थायी समिति बैठकका लागि दुई एजेण्डा तय गरेको छ ।

‘भोलि दिउँसो ३ बजे बस्ने स्थायी समिति बैठक बस्ने । बैठकमा दुबै अध्यक्षले विशेष गरी प्रधानमन्त्रीको चीन भ्रमण, समसामयिक राजनीति, सरकारका काम कारबाहीका बारेमा रिपोटिङ गर्ने ।’ नेकपाको प्रवक्ताले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘पार्टीको प्रस्तावित नियमावलीबारेमा बैठकमा छलफल हुने छ । र स्थायी समितिबाट सुझाब लिने । भोलिको स्थायी समिति बैठकका लागि यी दुई एजेण्डा तय भए ।’

लामो समयपछि नेकपाको सचिवालयको बैठक बुधबार बसेको हो । यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएकाले बैठक बस्न सकेको थिएन ।

लामो समय पार्टीको स्थायी समिति बैठक नबस्दा पार्टी संगठनका काम र सरकारको कामकारबाहीमा प्रभावकारी रुपमा अगाडि बढ्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank