विवेकशील साझा पार्टीकाे नयाँ बहस : मानव अधिकार र सामाजिक न्यायकाे पक्षमा

दलित अनलाईन १७ असार २०७५, आईतवार ०६:३३

काठमाडौं — विवेकशील साझा पार्टीले मानव अधिकार,सामाजिक न्याय,समावेशिता, तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला” संचालनमा ल्याएको छ।

पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरकृया शृंखलामा समानता,सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुवारे मासिक अन्तरकृयात्मक वहस शुरु गरिएको विभागको प्रमुख समेत रहनु भएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले वताउनु भयो । 

श्रृंखलाको पहिलो प्रस्तुती प्रख्यात पुरस्कार “फ्रीडम फ्रम फियर” अवार्ड वाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिवारवाट आरम्भ गरिएको छ । समता संवादमा आफ्नो प्रस्तुती राख्दै सामाजिक अभियानकर्ता चौधरीले ११ वर्षको उमेरवाट कमलरी जीवनमा भोग्नु परेको हिंसा ,दमन,विभेद देखि दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकावारे वारे आफ्ना अनूभव, भोगाई,सिकाई तथा प्रेरणादायी विचारहरू पस्कनु भयो ।

‘समानताको लडाई सकिएको छैन, असमानता, विभेद र विकृति विरुद्ध खुलेर वोल्न,सकृयता देखाउन र अभियान संचालन गर्न तपाई हामी एक जुट हुनै पर्छ, चौधरीको भनाई थियो । समारोहमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समनता विनाको संवृद्धि दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशितालाई पार्टीको मुटु भएको संज्ञा दिनु भयो । अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिनु भयो । अन्तरकृयालाई पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना र समता अभियानकर्ता प्रतिक क्षेत्रीले सहजीकरण गर्नु भएको थियो । अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला”को अर्को प्रस्तुती साउन दोश्रो साता हुने विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank