सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालमा दुर्घटना

दलित अनलाईन १६ असार २०७५, शनिबार १२:१३

काठमाडौँ – सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो १४ः३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।

नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो । ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपछि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । जनसम्पर्क अधिकृत अधिकारीले चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गरेको थियो । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी दुर्घटनाका बारेमा जानकारी समेत दिएको छ ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले अवतरणको क्रममा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिनुभयो । उहाँले दुर्घटनामा हेलिकोप्टरको पखेटामा क्षति पुगेको भए पनि अन्य कुनै मानवीय क्षति भने नभएको बताउनुभयो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank