दलित बस्तीमा पहिरो : नौ जनाको सामूहिक दाहसंस्कार

दलित अनलाईन ९ आश्विन २०७७, शुक्रबार १८:०७

वालिङ — वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार विहान गएको पहिरोमा  पुरिएर ज्यान गुमाएका एकघरका ८ सहित ९ जनाको बिहीबार साँझै सामूहिक अत्येष्टि गरिएको छ।

गल्याङस्थित रामनदीधाम (राम्दी)मा सामूहिक संस्कार गरिएको हो ।  स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदी किनारमा उनीहरुको सामूहिक चिता बनाएर अन्तिम संस्कार गरिएको छ।परी मृत्यु भएका ९ जनाको सामुहिक दासंस्कार गरिएको छ ।

तमादीमा घरमाथिबाट आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।  पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् भने, कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको मृत्यु भएको छ ।

आठवटा चितामा ९ जनाको दाहसंस्कार गरिएको थियो। उन्नाइस वर्षीया बिनितासँगै उनका ७ महिने नाबालकलाई एउटै चितामा जलाइएको तमागीका राजु कुवरले जानकारी दिए। घरभित्रका सबैजनाको मृत्यु भएको र माइला छोरा भारतमा रहेकाले मृतक माया नेपालीका देवर जीवलाल नेपालीले दागबत्ती दिए। घरको घटना थाहा पाएपछि भारतबाट हिँडिसकेको बताइएको छ।

पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र उनको अवस्था सुधारोन्मुख रहेको वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँणले बताए।

मनिषाको सम्पूर्ण उपचार खर्च नगरपालिकाले जिम्मा लिने बताउँदै प्रमुख खाँणले विपत्तीले निम्त्याएको घटनाप्रति दुस्ख व्यक्त गरेका छन्। अविरल वर्षाका कारण वालिङ नगरपालिका १४ स्थित तमागीमा बिहीबार बिहान पहिराले माया नेपालीको घर पुर्दा एकघरका ८ जनासहित ९ जनाको ज्यान गएको थियो । यसैगरी, कालीगण्डकी ४ स्थित गौतमडाँडामा घर भत्किँदा १८ वर्षीय कृष्ण दमैको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank