दलितमाथि हुने विभेदहरुको प्रतिरोध गरौं : संयुक्त राजनितिक दलित संघर्ष समिति

दलित अनलाईन ३१ भाद्र २०७७, बुधबार १४:५२

काठमाडौं – देशव्यापी रुपमा जातको आधारमा दलित समुदायमाथि भएको हत्या हिंसा र जातीय विभेदका घटनाहरुको विरोध गदै ‘दलितमाथि हुने विभेदहरुको प्रतिरोध गरौं’ भन्ने नारासहित संयुक्त राजनितिक दलित संघर्ष समिति सडक संघर्षमा जुटेको छ ।

मंगलबार राजनधानीको माइतीघर मण्डलामा  संयुक्त राजनितिक दलित संघर्ष समिति र नागरिक समाजको आयोजनामा धर्ना विरोध गदै सडक संघर्षमा जुटेका हुन् ।
शम्भु सदा, विजय राम र रोशन विकको हिरासतभित्र भएको हत्या प्रकरणलाई निकै गम्भिर ढंगबाट अनुसन्धान गरेको भन्दै संयुक्त राजनितिक दलित संघर्ष समितिले दलितमाथिको उत्पीडनका विरुद्ध सडक आन्दोलन निर्णयक हुने ठहर समेत गरेको छ ।

रुकुम नवराज विक हत्या प्रकरणमा सडक आन्दोलन तताएको संयुक्त राजनितिक दलित संघर्ष समितिले देशव्यापी दलित समुदायमाथि भएका घटनाहरुको सडक आन्दोलन गरिरहेको छ । रुकुम हत्या प्रकरण लगतै श्रंखृलाबद्ध देखिएका दलितमाथिको बलात्कारपछिको हत्या र हिरासतसम्मको हत्या श्रंखृलाले दलित समुदायलाई त्रसित बनाएको छ ।

केही समय सुस्ताएको संयुक्त राजनितिक दलित संघर्ष समिति रुकुम हत्याको पछिल्लो अदालती बहसभन्दा केहीपछि सशक्त रुपमै चल्यो । तर दलितमाथिको विभेदयुक्त हत्या श्रंखृलाका शव संस्ख्या बढ्दै जान थालेपछि आन्दोलन विस्तार सुस्ताएको थियो । तर फेरी दलित समुदायका व्यक्तिहरु अपराध कसुरमा हिरासतमा रहेका व्यक्तिहरुलाई प्रहरीकै कुटाईबाट हत्या भएपछि संयुक्त राजनितिक दलित संघर्ष समिति फेरी आन्दोलनमा उत्रिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank