हिरासतमा मृत्यु प्रकरण : मावन अधिकार आयोगले भन्यो हिरासतको सुरक्षा अवस्था कमजोर छ

दलित अनलाईन २८ भाद्र २०७७, आईतवार २३:३१

काठमडौं— प्रहरी हिरासतमा रहेका रोशन विकको मृत्युप्रति राष्ट्रिय मानव अधिकार आयोगले हिरासतको निरीक्षण गदै घटनाबारे जिल्ला प्रहरी प्रमुखसँग जानकारी लिदै विकको मृत्युको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका दलित युवक रोशन विकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले टोलीले शनिबार थुनुवा कक्षको निरीक्षण गर्दै घटनाबारे जिल्ला प्रहरी प्रमुखसँग जानकारी लिई दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दे बिक मृत्यु प्रकरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सुदूरपश्चिम प्रदेश संयोजक झंकर रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई कानुनको दायरामा ल्याई यथाशीघ्र कारबाही गर्न आग्रह गरिएको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दे बिक मृत्यु प्रकरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सुदूरपश्चिम प्रदेश संयोजक झंकर रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई कानुनको दायरामा ल्याई यथाशीघ्र कारबाही गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख झंकर रावलले घटनाको विस्तृत अध्ययन गरिने बताए । प्रहरी हिरासतमा रहेका मान्छेको मृत्यु हुनुले हिरासतको सुरक्षा बन्दोबस्त कमजोर रहेको देखिएको उनले बताएका छन् । रावल नेतृत्वको आयोगको टोलीले मृतक विकसँगै थुनामा रहेका अर्का व्यक्तिसँग पनि घटनाबारे बुझेको छ । घटनाको गम्भीरताका साथ अनुसन्धानका लागि आयोगको टोलीले प्रहरीको ध्यानाकर्षण गराएको छ ।
धनगढी उपमहानगरपालिका– ५ का १९ वर्षीय रोशन विकको शव शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको थियो । मोबाइल चोरीको आरोपमा उनलाई प्रहरीले २२ भदौमा पक्राउ गरेको थियो । प्रहरी कार्यालयले विकले शौचालयमा झुन्डिएर आत्महत्या गरेको दाबी गर्दै आएको छ ।
मृतकका आफन्तले भने उनको मृत्यु प्रहरीको कुटपिटबाट भएको आरोप लगाएका छन् । मुख र नाकमा चोटपटक देखिनुका साथै रगत आएकोले कुटपिटबाट मृत्यु भएको आफन्तको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank