दलित युवाहरुलाई कुटपिट गर्ने विरुद्ध जाहेरी दर्ता

दलित अनलाईन भदौ ९, २०७७

काठमाडौं— शनिबार राती दलित बस्तीमा गैर दलित युवाहरुले पसेर दलित युवाहरुलाई कुटपिट गर्ने विरुद्ध ईलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता भएको छ । तीन दिन अघि भएको घटनलाई पीडकहरुले उल्टो जोहरी दर्ता गरेपछि दलित युवाहरुलेको जाहेरी दर्ता हुन सकेको थिएनन् ।

कैलालीे घोडाघोडी नगरपालिका–६ बछुरियास्थिति आदर्शनगर टोलमा गैर दलित युवाहरु पसेर जातीय आधारमा गाली गलौज गदै दलित महिला र युवाहरुलाई आक्रमण गर्दा पाँच जना घाइते बनेका थिए  । स्थानीय खेमराज बम, ललित भण्डारी, दल बहादर भण्डारी, देव बहादुर भण्डारी,नुप भण्डारी र गोपी साउँद र डम्मर साउँदविरुद्ध जातीय विभेद गरि ज्यान मार्ने कसुर सम्बन्धी ईलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दर्ता भएको छ।

गैरदलित युवाहरुको कुटपिटबाट बस्तीका सुनिल विक, भिम बिक,करण विक, अनिल विक र नवराज विक घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank