६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण

दलित अनलाईन २३ असार २०७७, मंगलवार २३:२३

कञ्चनपुर-सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २का एक सय ३५ घर मुसहर र डोम समुदायलाई मंगलबार खाद्यान्न वितरण गरिएको छ ।
व्योम कुसुमा बुद्धधर्म संघका विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा दलित सरोकार मञ्च कञ्चनरुपले राहत स्वरुप खाद्यान्य वितरण गरेको हो ।एक सय ३५ घरमध्ये डोम १८ र मुसहर समुदायका ११७ घरलाई राहत वितरण गरिएको मञ्चका अध्यक्ष युक्तिलाल मरिक डोमले बताए । पछिल्लो पटक एक सय ८० घरलाई राहत वितरण गर्ने लक्ष्य रहेकोमा १३५ घरलाई वितरण गरिएको र थप ४५ घरलाई अर्कोदिन वितरण गर्ने अध्यक्ष मरिकले बताए ।
यसअघि मञ्चले महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा कञ्चनरुप नगरपालिकामा चार सय ७२ घरधुरी डोम,मुसहर,राम र पासवान समुदायलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष युक्तिलाल मरिक डोमले बताए ।
राहतमा उसिना चामल २५ किलो, गहुँको पिठो ५ किलो, दाल ३ किलो, सोयाविन ३ किलो, साबुन ४ थान र नुन २ प्याकेट वितरण गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चुनचुन साह,इलका प्रहरी कार्यलय सई शिवकुमार राम,वडा सदस्य शारदादेवी सदा,जितादेवी साफी,लालदेव यादब र रामचन्द्र मण्डल समेत उपस्थितिमा राहत वितरण गरेको छ ।
गाउँपालिकाले एक पटक मात्रै राहत वितरण गर्न सकेकोमा महायोगीको सहयोगले मञ्चले राहत वितरण गरेपछि दलितभित्र पनि सिमान्तकृत डोम र मुसहरलाई ठूलो राहत मिलेको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चुनचुन साहले बताए ।

गत चैत्र ११ गतेदेखी जारी लकडाउनका कारण दलित समुदायभित्र पनि सिमान्तकृत मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक भोलाकुमार पासवानले बताए ।
निर्देशक पासवानका अनुसार स्टोरीज अफ नेपाल समुदायको सहयोगमा मञ्चले गएको असार १२ गते सर्लाहीको बरहथवा नगरपालिका– ८,१० र हपरपु नगरपालिका ४का १०५ मुसहर र डोम समुदायका लाई शुक्रबार राहत वितरण गरिएको छ । दलित सरोकार मञ्चसँग दुई वर्षदेखी सहकार्य गरेर दलित भित्र पनि सिमान्तकृत मुसहर समुदायको जीविकोपार्जनका लागि समेत स्टोरिज अफ नेपालका संसथपक जय पौडेलले सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank