रुकुम हत्याकाे विरोध गदै बुटवलमा प्रदर्शन

दलित अनलाईन १५ जेष्ठ २०७७, बिहीबार १३:२८

बुटवल – अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक सुनियोजित ढंगबाट रुकुम चौरजहारीको हत्या प्रकरणको घोर भ्रत्सना गर्दै बिहिबार बुटवलमा प्रदर्शन गरिएको छ ।
जेठ १० गते रुकुममा भएको घटनाको घोर भ्रत्सना गर्दै मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा बुटवल बार एसोसियशन, राष्ट्रिय दलित पत्रकार संघ,इन्सेक नेपाल, एड्भोकेसि फोरम, नागरिक समाज पत्रकार लगायतको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

उक्त घटनाको विरोध तथा दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गरेको छ । निकै क्रुर र अमानवीय उक्त घटनाबाट हालसम्म ४ युवाको मृत्यु भएको छ । सो घटनाको अहिले चौतर्फी विरोध भइरहेको छ । यसै सन्दर्भमा समाजको अगुवाईमा बिहीबार बुटवलको राजमार्ग चौराहामा विभिन्न संघसंस्थाद्वारा विरोध प्रदर्शन गर्दै घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न आग्रह गरेका छन् ।
जाजरकोटका नवराज विक सहितको घट्नाको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहित विरोध प्रदर्शन गरिएको हो । रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? रुकुम घटना पिडितलाई न्याय दे,  कानुनी सर्वोच्चता कायम गर ,छुवाछुत अन्त्य गरौ,दोषी पत्ता लगाइ कारवाही गर जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए । बुटवल राजमार्ग चौराहमा सामाजिक दुरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले कुनैपनि किसिमका विभेद स्विकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानआकर्षण गराए ।

संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीयताकै कारण भएको दक्षिण एसियाकै ठूलो नरसंहार भएको भन्दै अब अन्याय सहन नसक्ने बताए । उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि बुटवलका आम नागरिक स्वतस्फूर्त रुपमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रनुपरेको बताए । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको बिषय भएको उनले बताए ।

सो अवसरमा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले रुकुम घटनाले कानूनी राज्यको उपहास गरेको बताउँदै कानूनले ग्यारेण्टी गरेको अधिकारको संरक्षण गर्दै पीडितलाई न्याय र दोषीलाई कानून सम्मत कारवाही गर्न जोड दिए ।

त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुम , रुपन्देहीको देवदह लगाएत पछिल्लो समय देशभर भएका अमानविय घटनाको स्मरण गर्दै त्यस्ता घटना घट्नाप्रति भ्रत्सना गरे उहाले भने, ‘संकटमा विभिन्न बहाना र कारणले भएका जुनसुकै घटना हुनु निकै दुस्खद र अमानवीय रहेको र त्यस्ता घटनाको उचित छानविन, कारवाही र न्यायदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank