नवराज विक हत्या प्रकरण: बुवा, आमा र वडाध्यक्षसहित ७ जना छुटे

दलित अनलाईन १२ जेष्ठ २०७७, सोमबार २३:२४

काठमाडाैं- शनिबारको घटनामा संलग्न भएको भन्दै पक्राउमा परेका चौरजहारी–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सुष्मा मल्ल र उनका बुवा, आमालाई प्रहरीले छाडिदिएको छ । घटनाकाे जिल्ला प्रहरी कार्यालय रुकुमले जाहेरी दर्ता नगरेपछि सोमबार दिनभारी प्रहरी कार्यालय तनाबपूर्ण  देखियो।

अन्तरजातीय विवाहको निहुँमा हत्या गरिएको विरोध गदै दोषीहरुलाई कानुनी कारबाहीको माग गदै दलित अधिकारकमीृहरु सोमबार विहानदेखि जाहेरी दर्ता हुन सकेन्।

उल्टाे अन्तरजातीय बिहेको निहुँमा ३ जनाको हत्यामा बुवा आमा र स्थानीय वडाध्यक्षसहित ७ जना पक्राउ थिए। सोमबार सबैलाई प्रहरीले थुनुवामुक्त गरेको छ । ३ जनाको हत्यामा  तीन जना बेपत्ता भएका छन्  । प्रहरीले पक्राउ नगरेको र सोधपुछका लागि मात्र ल्याएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक तथा प्रवक्ता कविराज रोकायाले जानकारी दिए । ‘उहाँहरू (वडाध्यक्षसहित पाँचजना) विरुद्ध जाहेरी दर्ता भएको छैन,’ उनले भने, ‘जाहेरी नदिँदासम्म पक्राउ गर्न सकिँदैन ।’ वडाध्यक्षलाई राजनीतिक आडमा छोडिएको प्रति रुकुम पश्चिमका दलित अधिकारकर्मीहरूले विरोध जनाएका छन् ।

घटनाको दोषी देखिँदा देखिँदै प्रहरीले राजनीतिक शक्तिबाट प्रभावित भई वडाध्यक्षसहित सुष्माका आफन्तलाई छाडिदिएको बताएका छन् । ‘घटना अमानवीय हिसाबले भएको छ,’ राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपालीले भने, ‘राजनीतिक रङ दिएर घटनालाई ढाकछोप गर्न पाइँदैन ।’ ‘प्रहरीले सत्यतथ्य पत्ता लगाउने हो,’ उनी भन्छन्, ‘नेताको आदेश मान्ने होइन ।’

राष्ट्रिय मानव अधिकार आयोगले छानबिन नगर्ने 

राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटनाको छानबिन नगर्ने भएको छ । जातीयसँगै जघन्य अपराध जोडिएकाले प्रहरीलाई अनुसन्धान गर्न दिने राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख रमेशकुमार थापाले बताए । ‘अपराधसँगै जातीय घटना पनि घटेको छ,’ उनले भने, ‘घटनाको छानबिन गर्ने काम प्रहरीको हो । हामी प्रहरीलाई सघाउँछौं ।’

उक्त घटनापछि आयोगको ध्यानाकर्षण भएको भन्दै उनले भने, ‘प्रहरीको अनुसन्धानमा अविश्वास आयो भने हामी पुनः अनुसन्धान गर्छाैं ।’ आयोगले जाजरकोट र रुकुम पश्चिमका जिल्ला प्रहरी कार्यालयलाई उक्त घटनालाई गम्भीरताका साथ लिएर सत्यतथ्य छानबिन गर्न पत्राचार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank