लोकतन्त्रको ठेक्का लिएकाप्रति प्रधानमन्त्रीको चिन्ता

दलित अनलाईन २७ असार २०७५, बुधबार २०:४४

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जसले लडेर लोकतन्त्र स्थापित गर्यो र बहुमत ल्याएर सरकार गठन गर्यो भन्दै त्यसै सरकारलाई लोकतन्त्रविरोधी भन्ने कथित बुद्धिजीवीहरुप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार  अयोजना गरेको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले स्वस्थ्य आलोचनाको सरकारले स्वागत गर्ने तर बुद्धिजीवीका नाममा गाली गलौज हुन नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संघीय गणतन्त्र हामीले लडेर लयाएका हौ, तदअनुरुप संविधान बनाएर र निर्वाचन गराएर बहुमतको स्थिर सरकार बनाएका छौं । जसले लडेर गणतन्त्र ल्यायो र बहुमत ल्याएर उ सरकारमा आयो भनेर लोकतन्त्र खतरामा पर्यो भनेर कथित बुद्धिजीवीहरु भन्दै छन् । तिनले लोकतन्त्रको ठेक्का लिएका छन् ।’
प्रधानमन्त्री ओलीले समाजलाई बाटो देखाउन कला, संस्कृति र साहित्यका माध्यमबाट योगदान पुर्याउने प्रतिभाहरुलाई सरकारले सम्मान गर्ने पनि बताउनुभयो ।

पुरस्कार वितरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीले  सरकारको समृद्ध नेपालको सपना पूरा गर्न कला साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कारबाट संस्कृति विधामा सस्कृतिविद् प्रा.डा. रन्जना बजाचार्य, संगित तथा नाट्य विधामा वरिष्ट रंगकर्मी प्रचण्ड मल्ल, ललितकला विधामा वरिष्ठ मुर्तिकार ठाकुरप्रसाद मैनाली र भाषा तथा साहित्य विधामा प्रा.डा. केशवप्रसाद उपाध्यायलाई  जनही रु एक लाख नगदसहित सम्मानपत्रले पुरस्कृत गरिएको हो ।
त्यसैगरी चारवटै विधामा विभिन्न २८ जना व्यक्तित्वहरुलाई रु ५० हजार नगद सहित सम्मानपत्रले प्रादेशिक  प्रतिभा पुरस्कारबाट पुरस्कृति गरिएको छ ।
यसै अवसरमा  भगत सर्वजित मानव मर्यादा राष्ट्रिय  पुरस्कार दलित मुक्ति आन्दोलनका अगुवा पदमलाल विश्वकर्मा दलविर विश्कर्मा र लेखक राजेन्द्र महर्जनलाई  प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank