म जातीय अंहकारवादी सोच भएको व्यक्ति होइन : कृष्णबहादुर थापा

दलित डेक्स २८ बैशाख २०७७, आईतवार २१:४४

कोराेना कहरकै बीच पोखरा–१६ बाटुलेचौरमा जातीय विभेदको मुद्दा चर्कियो । मोहन सुनारमाथि जातीय रुपमा गालीगलौज र धम्की नरोकिएपछि वैशाख १९ मा जिल्ला प्रहरीमा जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत उजुरी दर्ता गरे । प्रहरीले उजुरीकै आधारमा राम र जनकलाई पक्राउ गरेपछि जातीय छुवाछूतको घटना झनै चर्किदै गएको छ । गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले जातीय विभेदको आरोपमा पक्राउ परेका रामबहादुर र जनकलाई बिनासर्त रिहाइ गर्न माग गरी  २४ गते प्रेस विज्ञप्ति जारी गर्दै दुई जनालाई प्रहरीले षड्यन्त्रपूर्वक हिरासतमा लिएको आरोप लगाए । सांसद थापाले ‘केही उच्छृंखल तत्त्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता कार्यकर्ताहरूको षड्यन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको छ भनि विज्ञप्ति जारी गरेपछि देश तथा विदेशबाट उनको कारबाहीको माग भएको छ । थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा समेत उजुरी परेको छ । पीडित समुदायलाई न्याय दिलाउनुको साटो उल्टो पीडकहरुको संरक्षणमा लागेका सांसद कृष्णबहादुर थापासँग दलित अनलाईन डटकमले गरेको संक्षिप्त कुराकानीको संम्पादित बाँकी अंश ।

छुवाछूतको आरोपमा जाहेरी दर्ता भएपछि पक्राउ परेका व्यक्तिहरुको बचाउँ गदै तपाईले विज्ञप्ति जारी गदै रिहाई माग गर्नुभयो किन ?
पहिला त म विगत ४० वर्षदेखि विद्यार्थी आन्दोलन देखि यहाँसम्म आइपुग्दा दलित समुदायको मुक्तिको लागि निरन्तर काम गर्ने एउटा योद्धा हो । पहिला त्यो इतिहासको हेक्का राख्नु जरुरी छ । दोस्रोमा म मेरो छिमेकमा दलितको पनि महा दलित गन्धर्व समुदायको उत्थानको लागि के कति काम गरे, स्कुल बनाएको छु, शिशु स्याहार केन्द्र बनाएको छु, पोखराको मेयर हुँदा एक घर एक रोजगार कामहरु गरेको छु । यो यावत कामहरु हेर्नु जरुरी छ । यसमा २४ गते जुन घटना घट्यो प्रहरी चौकीमा । मैले त्यो विज्ञप्तिमा मात्र प्रहरी ज्यादती हुनुहुँदैन, समाजमा विभिन्न खाले उच्छृंखल तत्वहरु छन्, जातीय अतिवाद भड्काउने एक खालका नेता कार्यकर्ता छन् ,त्यो बाट सबैसंग सजग रहेर सावधानीपूर्वक हामी अगाडी बढ्नुपर्छ र नेपालको संविधान अनुसार सबै जनतालाई सामाजिक न्याय प्रदान गर्नुपर्छ भनेर मैले भनेको त्यति हो । त्यो कुरालाई बंग्याएर त्यहाँ मान्छेहरु थुनिएका छन् ,कतिपय त्यहाँ छरछिमेकको आन्तरिक कुरा पनि होला । यदि षड्यन्त्रपुर्वक त्यो मान्छेहरुलाई थुनिएको हो भने ती मान्छेहरु रिहाई हुनुपर्छ भनेर मैले भनेको हो ।

तपाई गण्डकी प्रदेशको सांसद तथा जिल्ला अध्यक्ष पनि हुनुहुन्छ, यो विज्ञप्तीले त संविधानको अपमान ग¥यो नि ?
हामीले हाम्रो समाजमा यो छुवाछुत भन्ने कुरा संविधान बन्नुभन्दा अघि नै नष्ट गरेको हो । समुदायमा कसैले पनि छुवाछुत गर्न पाउँदैन । मैले हिजो मेयर हुने बेलामा नै छुवाछुतको विरोधमा अभियान चलाएको हो ,पोखरामा । तर एउटा कुरा के हो भने कृष्ण थापाले यस्तो काम गर्न सक्दैन भनेर यहाँका मान्छेले चिनेका छन् तर बाहिरका मान्छेले के भन्दै हिँड्छन् त्यो ठुलो कुरा भएन । मेरो हिजोदेखि नै दलित समुदायप्रति लगाम थियो , मेरो उहाँहरुप्रति सम्मान थियो , म जुन आन्दोलनप्रति लागेँ ,मेरो कुनै पनि मनसाय छैन । मैले झन् सघाएको छु नेपालको संविधान, कानुनलाई कार्यान्वयन गर्ने ठाउँमा छु र त्यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर मैले मेरो विज्ञप्तिमा भनेको छु ।

संविधान कार्यान्वयनको लागि त आरोपितहरुलाई कारबाही गर भनेर विज्ञप्ती आउनुपर्नेमा उल्टो आरोपितलाई संरक्षण गर्न लाग्नुभयो नि ?

मैले त्यो अपराधीलाई छुटाउनुपर्छ भनेको होइन, षड्यन्त्रपुर्वक यदि मान्छे थुनिएको छ भने त्यसरी कसैलाई पनि थुन्न पाइदैन भनेको हो । त्यस्तै अर्को कुरा पनि भनेको छु , नेपालको संविधान अनुसार सबैलाई सामाजिक न्याय प्रदान गर्नुपर्छ भनेको हो । म संविधान प्रति प्रतिवद्ध छु , संविधान बनाउनुमा मेरो पनि प्रत्यक्ष, अप्रत्यक्ष भुमिका छ, मेरो मनसाय भनेको त्यस्तो केहि होइन, यदि कसैलाई गलत अर्थ लाएर, कसैलाई चित्त दुखेको छ भने त्यसप्रति म आफु पनि दुखित छु ।

जातीय विभेद तथा छुवाछूत भएको भनेर प्रहरीले पीडकलाई पक्राउ गरेर कार्यबाही गर्न अघि बढ्र्दा तपाई झर्न क्रुरु जातीय अंहकारवादी सोचतर्फ लाग्नुभयो किन ?
यो जातियताको केस होइन र विषय होइन । समाजमा हिजोदेखि चलेका कुरितिहरुलाई व्यवस्थापन गर्न नसक्नु दुवै पक्षको एक किसीमको कमजोरी नै हो । मैले आफैले संविधान बन्नुभन्दा पहिले नै हामीले हाम्रो ठाउँमा यो छुवाछुतको अन्त्य गरेका छौं । व्यवहारमा त त्यस्तो केहि देखिएको छैन होला । मान्छेको अर्थ विभिन्न लागेका छन् ,अरुले के गरेका छन् त्यसमा मलाई जोड्नु हुन्न । अरुले गरेको क्रियाकलापमा कृष्ण थापालाई जोड्नु हुदैन ,कृष्ण थापालाई कृष्ण थापाकै इतिहास, उसको कर्म अनुसार मुल्यांकन गर्नुपर्छ ,कुनै आग्रह , पूर्वाग्रह , राजनीति स्वार्थ अनुसारको त्यो आँखाले कृष्ण थापालाई हेर्नुहुदैन भन्ने हो । म जातयि आहंकारवादी सोच भएको मान्छे पटक्कै होइन । जातीय मुद्दामा कहिले पनि समाजलाई विखण्डनतर्फ लैजानु हुँदैन भन्ने मान्यता बोक्ने मान्छे भएकै कारण जातीय छुवाछूतको निहुँमा समाज हुलदंगा र विखण्डनतर्फ नजाहोस भनेर नै मैले विज्ञप्ती निकालेको हुँ । म क्रुरु जातीय आहंकारवादी व्यक्ति होइन ,मेरो इतिहास हेर्दा हुन्छ ।

तपाई जातीय छुवाछूतको पक्षपोषणमै लागेको भन्दै तपाईकै नेताहरुले संसदीय दलमा उजुरी दर्ता गरी ,कारबाहीको माग गरेका छन नि ?
हाम्रो कम्युनिस्ट पार्टीले गरेको निर्णयहरु , निर्देशनहरु विशेष त संविधानको मर्म अनुसार सबै पार्टीहरु, कार्यकर्ताहरु चल्नुपर्छ र एक आपसमा मलाई भन्ने मान्छेले कहाँ भन्नुप¥यो भन्दा पार्टीको बैठकमा भन्नुप¥यो, मलाई भन्ने नेताहरुले मेरो दलको बैठकमा भन्नुप¥यो, बाहिर सामाजिक संजालमा अपमान हुने गरी भन्न पाइदैन । मलाई ३०,४० वटा म्यासेजहरु आएका छन् समुदायका विभिन्न क्षेत्र र ठाउँबाट अपमानित ढंगले । भन्न नहुने शब्दहरुले मलाई गाली गरेका छन् त्यो पनि भन्न पाइन्छ की पाइदैन , मलाई पनि त टर्चर भएको होला नी त्यस्ता शब्दहरुले । त्यो कुरा पनि हेरिनुप¥यो । जनताले प्रहरी चौकीअघि कुटाई खादा सभासदले बोल्नुपर्दैन । त्यो कुरा मैले बोलेको हो ।
दोषी भनेर जसलाई भनिएको छ यसमा मेरो धारणा के हो भने उनीहरु दोषी भनेर अदालतमा मुद्धा गइसकेको छ । त्यो अदालतले फैसला गरेपछि दोषी हो, होइन त्यही बेलामा छिनोफानो हुन्छ । त्यसमा मेरो भन्नु केहि छैन । अदालतको फैसला हामी सबैले मान्नुपर्छ भन्ने नै हो । मेरो भनाइ के हो भने कसैलाई पनि षड्यन्त्रपुर्वक फँसाइनु हुन्न , मुद्धा लगाइनु हुन्न , छोड्नेलाई छोड्नु हुन्न भन्ने मात्रै हो । संसदी दलमा उजुरीको बारेमा पार्टीभित्र गम्भिर छलफल हुन्छ, यति म दोषी भए कारबाही भोग्न म तयार हुन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank