कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

दलित अनलाईन १९ बैशाख २०७७, शुक्रबार १२:१८

कपिलवस्तु- कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ।

वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भए पनि उनी सकुशल रहेको प्रहरीले जनाएको छ।

वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि राति करिब १ बजे चार राउन्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनका अनुसार दुई अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए।

वडाध्यक्ष मुसलमानलाई ताकेर प्रहार भएका कुनै पनि गोली उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए। स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank