गरिबको सहारा बन्दै केदार गान्धारी

अनलाईन डेक्स १७ बैशाख २०७७, बुधबार २२:४८

कोभिड—१९ को जोखिम कम गर्ने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउनको घोषणा गर्यो । सबैको मनमा लाग्यो,यो अन्र्तराष्ट्रिय अभ्यास होला । लकडाउनको अवधि सकिएको दिन खुल्छ होला भनेर धेरैले अनुमान गरे । तर त्यो भएन नेपालमा कोभिड–१९ को संक्रमण दर बढ्दै गयो र लकडाउनको अवधि र कडाई झनझन बढ्दै गयो । एक जिल्लाबाट अर्काे जिल्ला यात्रुहरु लकडाउनकै समयमा कन्तविजोक अवस्थामा जिल्ला फर्केर्नेहरुको लर्काे लाग्ने अवस्था रह्यो । लकडाउन कसिलो बनाउने सरकारी निर्णयले एक स्थानीय तहबाट अर्काे तहसम्म जान रोक लगाइएपछि अधिकाँस मजदुर तथा दैनिक ज्याला मजदुरी गरी खाने नेपालीको भान्सामा चुलो बल्न छोड्यो । कतिपय सडकमा कसैले राहत दिन्छकी, भनेर आउन थाले भने कतिले सरकारको उपस्थितिको प्रतिक्षा गरे । सरकारले सबै स्थानीय तहलाई परिपत्र गरि पहिलो चरणमा अति आवश्यक परेकालाई राहत वितरण त सुरु गर्यो तर, गरिव, मजदुर तथा काठमाडौंका कोठा भाडामा बस्ने विपन्न सम्म पुग्न सकेन ।
यसैबीचमा काठमाडौंको ठमेलमा समुदायमा आधारित सारङगी रेस्टुरेन्ट चलाइरहेका केदार गान्धारीले त्यस्ता विपन्न तथा देशभरि रहेका गन्धर्व समुदायको चुलो बाल्न केदार फुड्स क्याम्पको सुरुवात गरे । अहिले सोहि क्याम्प मार्फत केदार गान्धारीले सारंगी सोसियल इन्टरप्राइजेज, गन्धर्व संघसंस्थाको सहकार्यमा करिब ३ सय बढी असहाय तथा विपन्नलाई राहत वितरण गरेको छ । केदार गान्धारी भन्छन्, ‘कहिले बिहानै ५ बजे नै फोन आउँछ, राहत पुर्याउन जान्छु, कहिले मध्यरातमा मोवाइलमा एसएमएस आउँछ ।’


राहत वितरणमा उनी आफुमात्रै होइन आफ्ना समुदायका विभिन्न पेशा व्यवसायमा काम गर्ने साथीहरुको साथमा अघि बढेको बताउँछन् । गन्धर्व सांस्कृतिक कला संगठनका अध्यक्ष पुजन गन्धर्व, संगठनका सचिव सन्तोष गन्धर्व, गन्धर्व समाज नेपालकी उपाध्यक्ष पम्पा गान्धारी, कोषाध्यक्ष अमृत गान्धारी, सदस्य सुवास गान्धारी, सुरेश गान्धारी तथा जिवन गायकले निरन्तर सहयोग गरेको छन् । पेशाले म्यूजिक थेरापिष्ट रहेका गान्धारीले २०७२ सालको भूकम्पमा पनि प्रभावित जिल्लाका गन्धर्व समुदायका लागि आर्थिक सहयोग जुटाएर प्रदान गरेका थिए । गान्धारीले भने, ‘सुरुमा यो झमेलामा नफसौं भन्ने लागेको थियो तर पछि विदेशमा रहेका केहि साथीहरुले निरन्तर सहयोग गर्ने वचन दिएपछि क्याम्पियन सुरु गरेँ , आज खुशी लाग्छ ।’ उनले भने,‘ कलंकीको स्युजाटारमा रहेकी दुई महिनाकी सुत्केरी माइली परियारको कोठामा सामान्य सहयोग लिएर जादा आँशु झार्दै धन्यवाद दिँदा रातभरि निदाउन सकिन । मानिसलाई कयौं दुःखहरु हुन्छन् तर खान नपाउनु र बालबालिकाको भोक मेटाउन नपाउनुको महशुस त्यो घटनाले गरायो । ’


गोरखा घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने आर्थिक अवस्था कमजोर भएकी संगीता गायक प्रशव पिडाले टिचिङ हस्पीटलमा छट्पटिदा आफ्नो सानो सहयोग उनका लागि भगवान सावित हुदाँ खुशी लागेर आयो , अनि सहयोग जुटाउने हौसला बढ्यो । उनले भने, हामीले गन्धर्व समुदायका परिवारलाई मात्रै नभई विभिन्न समुदायका विपन्नलाई सहयोग गरेका छौं । अहिले विद्यार्थी, बृद्ध, अपाङ, अशक्त तथा मजदुरलाई खाद्यान्य दाल, चामल, तेल, नुन तथा अत्यावश्यक परेमा ग्याँस पनि उपलव्ध गराइरहेको बताए । उनले केदार फुड्स क्याम्प र गन्धर्व संस्थाको सहकार्यमा काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, बाग्लुङ, गोरखा, लम्जुङ, तनहुँ लगायतका विभिन्न जिल्लामा सहयोग गरेको बताए । उनले सुनाए सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चालेको अभियान देख्दा अचम्म लाग्थ्यो मानिसले कसरी विश्वास गर्छन् तर सच्चा र इमान्दार मनले सहयोगको लागि हात फैलाए सहयोगी मनहरु हजारौंबाट लाखौं बनेको थाहै हुँदो रहेनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank