काठमाडौंका सडकलाई ‘नमुना सडक’ बनाउने योजना छ : कुवेर नेपाली

दलित अनलाईन १३ बैशाख २०७७, शनिबार २२:०८

अहिले सिंगो विश्व कोरना भाइरस (कोभिड–१९) को महाव्याधिविरुद्ध लड्दै छ । प्रत्यक्ष परोक्ष रूपमा संसारका २०० भन्दा बढी देश यसबाट प्रभावित छन् । कोरोना भाइरस (कोभिड(१९)बाट नेपाल पनि सुरक्षित बन्नकै लागि एक महिनादेखि  लकडाउनको अवस्था छ । यो लकडाउनको उपयोग गर्दै काठमाडौकाे सडक चिटिक्क परेको छ । गत माघमा सडक डिभिजनमा प्रमुखको कमाण्ड सम्हाल्न आएका हुन् कुवेर नेपाली । उनी सडक विभागमा आएको एक महिनापछि नै लकडाउन शुरु भयो । धेरैले लकडाउनको समयमा घरमा बसेर समय विताए । तर, यो बन्दाबन्दीलाई उपयोग गर्दै कुवेरले काठमाडौका सडकमा ‘ल्याण्ड मार्क’ गरेर चिरिच्याट्ट पारेका छन् । यसै विषयमा दलित अनलाईनले प्रमुख कुवेर नेपालीसँग गरेको कुराकानीको सम्पादित अंश :

लामो समयसम्म अस्तव्यस्त काठमाडौंका सडक अहिले चिटिक्क परेका छन् । कसरी बन्यो यसको योजाना ?
सडक डिभिजन भनेको चौविसै घण्टा अलर्ट भएर बस्नुपर्ने ठाउँ हो । किनकी काठमाडौंको सडक भनेको एउटा सम्वेदनशील क्षेत्र हो । काठमाडौंका केही सडक खण्डहरु सधैँ दुरुस्त राख्नुपर्ने छन् । तर, भिभिआइपीको सवारीको बेला मात्र यहाँको सडक मर्मत गर्ने अरु बेला खासै महत्व दिएको पाइदैन । त्यसैले लकडाउनको समयलाई हामी यसको मर्मत र ल्याण्डमार्कमा काम गर्ने निधो ग¥यौँ । सडक चिटिक्क हुने भनेको सौन्दर्यको मात्र कुरा होइन । सडकमा कोरिने रेखा भनेका सुरक्षा, कानुनहरु र अनुशासनको कुरा हो । यसले बढ्दै गएको सवारी दुर्घटनालाई पनि कम गर्नमा ठूलो भूमिका समेत खेल्छ ।

संसारका अरु सडकहरुमा २०/ २५ प्रतिशत खुल्ला ठाउँहरु छोडिएको हुन्छ । तर, हाम्रा सडकमा ४ प्रतिशत पनि खाली ठाउँ छैनन् । त्यसैले, खुला ठाउँ भनेको नै सडक हुन् , तसर्थ रिफ्रेस हुने ठाउँ पनि सडक हुन् । तर, हामीले यतिका लगानी गर्दा पनि सडक किन सुन्दर हुन सकिरहेका छैनन् भन्ने जिज्ञासा थियो र छ । संयोगबस अहिले यसको व्यवस्थापनको नेतृत्व सडक डिभिजन कार्यालय अर्थात मेरो टाउकोमा आइपुग्यो । त्यसपछि हामीले सडकका खाल्डाखुल्डीलाई दिनरात लगाएर पुर्ने काम ग¥यौँ । हामीले करिव १० हजार खाल्डा पु¥यौँ । त्यतिबेला हामीले दैनिक १८ घण्टा काम ग¥यौँ । यसको लागी हामीले अफिस भित्र टिम नै बनाएका थियौँ । यस विषयमा हामी निर्माण व्यवसायीसँग पनि छलफल गरेर अगाडि बढ्यौँ । उहाँहरुले समयमा भुक्तानी गर्न नपाएको गुनासो गर्नुभएको थियो । यस विषयमा पनि उहाँहरुलाई आश्वस्त तुल्याएर हामीले काम गर्ने वातावरण बनायौं ।

तपाइसँग अरु पनि केही त्यस्ता योजना छन्, जसले सडक विभागसँगको वर्षौँदेखिको नागरिकको गुनासोलाई सम्बोधन हुने ? 

लकडाउनका कारण अहिले हामीले १० प्रतिशत मात्र काम गरेका छौँ । केही समयदेखि मेरै काम रोकिएको छ । ल्याउनुपर्ने विभिन्न खालका निर्माण सामाग्रीहरु आउन नसकेपछि काम नै रोकिने अवस्थामा पुग्यो । यद्यपी यो समयमा पनि आलोचना भएको बाटोहरु, हिलो भएको, वर्षौँदेखि खोनपानी, ढलका समस्याहरुको निर्माण गर्नको लागि हामीले राम्रै संयन्त्र बनाएका छौँ । खानेपानी लिमिटेड, ढलका महाशाखाहरु, मेलम्ची खानेपानी सबैसँंग हामीले सहकार्य गरि मेरै नेतृत्वमा संयन्त्र बनेको छ । त्यसैले, लकडाउन सक्कीने वित्तिकै अझ तीव्र गतिमा काम हुनेछन् । यद्यपी यो बीचमा गरेका कामले पनि राम्रै परिणाम दिइरहेको छ ।

काठमाडौ उपत्यकाको साढे ३ हजार सडकमध्ये साढे ४ सय किलोमिटर मात्रै मेरो मातहतमा पर्छ । यो बाहेक धोवीखोलाको करिडोर, बागमतिको किनारमा हुने करिडोर, अन्य मुख्य सडक र नगरपालिकाका सबै सडकहरुलाई समेत हामीलाई निर्माण गर्न दिनुस् भन्दै मन्त्रालय स्तरमा समन्वय गरिरहेका छौँ । किनकी जनताले नगरपालिका वा सडक विभागको बाटो भनेर चिन्दैन । किनकी हामीले अहिले ल्याएको योजना भनेकै खाल्डोरहित सडक हो । तर, यो लक डाउनले हाम्रो लक्ष्यमा पुग्नका लागि केही अवरोध भने सृजना ग¥यो । अरु बेला सवारी चापका कारण काम गर्न गाह्रो हुने पुतलीसडक, चावहिलका सडकहरुमा जोखिम मोलेरै भएपनि अहिले काम ग¥यौँ । यसले राम्रै म्यासेज पनि गएको छ ।

लकडाउनमा ल्याण्ड मार्क गर्न कत्तिको सहज भयो ?
सडकमा सवारी गुडिरहने समयमा कसरी लेन मार्क गर्ने ? यो मेरो चुनौतिको विषय थियो । किनकी रङ सुकेपछि मात्र सडकमा सवारी गुड्न मिल्छ । त्यस्तो अवस्थामा काम गर्ने मान्छे र सवारी साधन दुवै खतरामा हुन्थे । लकडाउनले त्यो काम गर्न भने सहज भयो । तीन/चार जनाले मात्रै सजिलैसँग काम गर्न सक्नुभयो । यही बेलामा हामीले सडकलाई राम्रो गराउनतर्फ ध्यानकेन्द्रित ग¥यौँ । यसलाई हामीले नमुनाकै रुपमा विकास गर्न खोज्यौँ । यसमा मन्त्रालय, विभागले पनि सक्रिय भूमिका खेलिदियो । यसमा हामीले राम्रो प्रशंसा पनि पायौँ ।

सडक विभागले क्षेत्राधिकारअनुसार यसले के के काम गर्न सक्ने अवस्था छ ?
सरकारले हामीले माग गरेअनुसारको बजेट समयमा उपलब्ध गराउने हो भने हाम्रो तहबाट धेरै नै काम गर्न सकिन्छ । यस विषयमा एक आपसमा समन्वयको अभाव भने छ । स्रोत साधन, नीतिगत गाँठोमा सहजीकरण भयो भने थुप्रै काम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank