तामाको भाँडा पिटेर वार्षिक ४ लाख आम्दानी

दलित अनलाईन ३० चैत्र २०७६, आईतवार २२:२५

प्यूठान – रोजगारीका लागि दैनिक हजारौं युवाहरु विदेश जान्छन् । विदेश पलायन हुदाँ खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ ।

गाउँमा रोजगारी छैन भन्दै युवाहरु चर्काे ब्याजमा साहुबाट ऋण लिएर भारत तथा तेस्रो मुलक जाने गरेका छन् । तर तुलसीपुुरका एक जना व्यावसायीले भने तामाका भाँडा  पिटेर वार्षिक रू.४ लाख  आम्दानी गर्दै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिका ८ का लिला बहादुर टामाटाले प्यूठान नगरपालिका २ चितिखोलामा तामाका भाडा बनाउँदै आएका आएका छन् । उनले तामाका विभिन्नखाले नयाँ भाँडाकुँडाका साथै पुराना भाँडा मर्मत गर्ने गरेका छन् ।

उनले विगत १० वर्षदेखि प्यूठानमा यो व्यवसाय गर्दै आएका छन् । ‘१४ वर्षको उमेरदेखि तामाका भाडा बनाउन शुरु गरेको बताउने उनले भने, ‘बाउबाजेले गरेको काम देखेर यो सिप सिकेको हुँ ।’ नेपालगञ्जबाट प्रतिकिलो रू.१ हजार ५०मा काँचो तामा ल्याएर भाँडा तयार गरी विक्री गर्ने गरेको उनले बताए ।  काँचो तामाबाट गाग्री,ताउला, दमाह, भोकर,आम्खरा, दियो लगायतका विभिन्न भाँडाकुँडा बनाउने गरिएको छ । यसरी निर्माण गरेको भाँडा प्रतिकिलो रू.१ हजार २५० मा विक्री हुने गरेको छ । उनले निर्माण गरेको सामाग्री विक्रीका लागि कुनै समस्या नभएको बताए ।

यसरी उत्पादन भएका सामग्री प्यूठानमा मात्र नभई अन्य जिल्लामा पनि विक्रीवितरण हुने गरेको छ  । उनले  भने, ‘ तामा पिटेर उत्पादन गरेका सामाग्री लिन घरमै व्यापारीहरु आउने गरेका छन् ।’ उनले यो व्यवसायबाट घर व्यवहार चलाएर  वार्षिक रू.४ लाख आम्दानी हुने गरेको बताए ।

सम्वन्धित् निकायले ग्रामिण भेगमा सञ्चालनमा रहेका यस्ता घरेलु  तथा साना उद्योगलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।  ग्रामिण भेगका घरेलु उद्योगको प्रवर्द्धन गर्न स्थानीय सरकारले पनि त्यति ध्यान नदिएको बताउँदै  उनले भने, ‘राज्यले यस्ता परम्परागत पेशालाई बचाउन पहल थाल्नुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank