छ दलित नेताहरूको नजरमा : विजेश्वरी दलित विकास छात्रावास

दलित अनलाईन २१ असार २०७५, बिहीबार १४:३७

काठमाडौं— विगत तीन दशकदेखि दलितको शिक्षामार्फत नेतृत्व विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको विजेश्वरी दलित छात्रावास एउटा एनजीओले कब्जा गरेपछि यतिवेला दलित आन्दोलन रन्थनिएको छ । विहिबार विहान साढे आठ बजे छात्रावासका वार्डेन राम नेपालीलाई महानगरीय प्रहरी वृत स्वयम्भुले पक्राउ गरी हिरासतमा राखेको छ । यो विषयमा दलित आन्दोलनले पूर्ण जानकारी राखे पनि आधिकारीक धारणा अझै दलित नेताहरुबाट आउन सकेको छैन । तर नेताहरुको प्रयास जारीे छ ।

दलित समुदायको साझा सम्पतिको रुपमा रहेको छात्रावास नेपाल राष्ट्रिय समाज कल्याण संघ नामक दलित संस्थाले कब्जा गरेपछि गृहमन्त्री, शिक्षामन्त्री र अर्थमन्त्रीसँग भेट गरिसकेको दलित आन्दोलनले संघको कब्जा गर्ने रणनीतिक र दुस्प्रयास असफल हुने दावी गरेको छ ।
दलित आन्दोलनको एउटा उपलब्धिलाई एउटा दलित संस्थाले कब्जा गर्ने रणनीति अपनाएर छात्रावासमाथि आक्रमण गरेको भन्दै उसको त्यो आक्रमण सिंगो दलित विरोधी हुने र असफलसिद्ध हुने दावी नेपाल कम्युनिष्ट पार्टी नेता तथा नेपाल दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले गर्नुहुन्छ । ‘सरकारले दिएको बजेट रोक्ने छात्रावासमाथि पकट पटक आक्रमण गर्ने शैली संघको रोकिएको छैन ,हामी कटिबद्ध भएर आन्दोलनमा लाग्छौं,उहाँले भन्नुभयो,‘ यस विषयमा हामी गम्भिर भएका छौं, यो पटक हामी सबै छिनोफानो गर्नेछौं । ’

विजेश्वरी छात्रावास संचालक समिति विघटित भएको मौका छोपी नेपाल राष्ट्रिय समाज कल्याण संघले समाज विकास छात्रावास, विजेश्वरी छात्रावास संचालन तथा व्यवस्थापन समितिको संयोजक घोषणा गरी संघले वार्डेन नियुक्त गरेको सूचना छात्रावासमा टाँस गरेपछि दलित आन्दोलन तातेको थियो र भित्रभित्रै छलफल चलाएका छन् ।

विजेश्वरी छात्रावासलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द विश्वास वि.कले गलत नियतका कारण दलित छात्रावासलाई हडप्न खोजेको आरोप नेपाल कम्युनिष्ट पार्टी नेता तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विश्वकर्माले लगाउनु भएको छ ।
वि.सं.२०१९ सालमा काठमाडौंका लोकप्रिय दलित नेता सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीहरुको लागि दलित छात्रावास बनाउने माग गरे बमोजिम तत्कालिन राजा महेन्द्रले रु.२५०००÷– दिएका थिए । सो रकमबाट काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित विजेश्वरीमा ३ रोपनी ७ आना जग्गा खरिद गरिएको थियो । त्यतिवेला दलितहरुका साझा दर्तावाला संस्था नभएका कारण सहर्षनाथ कपालीकै नाममा जग्गा खरिद गरिएको थियो । २०१९ सालमै छात्रावासको भवन शिलान्यास गरिए पनि बजेट अभावका कारण लामो समयसम्म भवन पूर्ण सकेको थिएन । वि.सं. २०२८ सालमा अर्का दलित नेता हिरालाल विश्वकर्माको अध्यक्षतामा एक छात्रावास निर्माण समिति बनेको थियो । सो समितिको अगुवाईमा तत्कालिन सरकारबाट रु.२५५,०००÷– रकम लिई वि.सं. २०३३ सालसम्म ३२ जना छात्रहरुको लागि १६ कोठा, डाइनिंग हल, एक बैठक हल सहित एक तले भवन सहित वार्डेनका लागि ४ कोठे अलग भवन निर्माण गरिएको थियो । सरकारले होष्टल संचालनार्थ बार्षिक रु.१०,०००÷– प्रदान गर्दै आएको थियो ।

नेपाल सरकारका विष्णु पौडेल अर्थमन्त्री हुंदा सो छात्रावासको नाम यसका संस्थापक सहर्षनाथ कपालीको नाममा नामाकरण गर्ने र छात्रावासको स्तर उन्नति गर्न २ करोड विनियोजन गरिएको थियो । तर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द्र विश्वास वि.क.ले आफ्नो संस्थाको खातामा निकासा हुनुपर्दछ भनेर विवाद गरेपछि सो बजेट फ्रिज भएको महासचिव विश्वकर्माले बताउनुभयो । ‘यो संस्थाले दलित छात्रावासलाई पटक पटक आक्रमण गरेको छ ,ससुरा प्रतापराम लोहरले लिएको नीति ज्वाइ संस्थाका अध्यक्ष त्रिलोकचन्द विश्वास वि.कले लिइ फेरी आक्रमण गर्नुभएको हुँदा अब दलित आन्दोलनले यो दुस्प्रयास रोक्छौं ।’

देशभरीका दलित विद्यार्थीहरु उच्च शिक्षा लिन काठमाडौं आउनेहरुको एक मात्रै छात्रावासलाई व्यक्तिगत बनाउने दुश्प्रयास कसैले गरे सो सस्ंथा नै समाप्त हुने नेपाल कम्युनिष्ट पार्टी नेता तथा पूर्व सांसद पर्शुराम रम्तेलले बताउनुभयो । ‘यो छात्रावासलाई कसैले व्यक्तिगत बनाउनु खोजे त्यो मूल्य महगो हुनसक्छ । यति आन्दोलनले उपलब्ध गरेको साझा सम्पतिलाई कसैले नीजीकरण गर्छ भने हामी चुप लागेर बस्दैनौं, उहाँले भन्नुभयो,‘आन्दोलनले यसको विषयमा कडा कदम चाल्छ ।’

हिरालाल विश्वकर्माको स्वर्गारोहण भएपछि प्रतापराम लोहार संचालक समितिका अध्यक्ष बनाइए । २०४६ सालको जनआन्दोलनमा छात्रावासका विद्यार्थीहरुले सघाएको भन्दै प्रतापराम लोहारले सत्ताको आडमा सबै विद्यार्थीहरुलाई छात्रावासबाट निकालेर आफ्नै सो भवनमा संस्थाको कार्यालय स्थापना मात्र गरेनन् आफ्नी श्रीमतिको नाममा रहेको अनाथ बाल गृह समेत सोही छात्रावासबाट संचालन गरेका थिए । सोही मौकामा प्रतापराम लोहारले सो छात्रावासको जमिन पहिले व्यक्तिगत बनाउने दुश्प्रयास गरे । सो सम्भव नभएपछि आफ्नो संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको भनेर दाबी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।

समाज विकास छात्रावास दलित आन्दोलनको एउटा उपलब्धी र आफुहरुले सक्रिय रुपमा संरक्षणको पक्षमा लागे पनि शिक्षा मन्त्रालयको मातहतमा छात्रावास नरहेको हुँदा समस्या आएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद जीवन परियारले बताउनुभयो । ‘यो विषयमा राष्ट्रिय दलित आयोगमा सदस्य सचिव हुँदा मैले बुझेको थिँए, सरकारले व्यक्तिको नाममा जंग्गा दिन मिल्दैन, संस्थाले कानुनी प्रक्रिया पुराएरै आफ्नो भनेको होला ,उहाँले भन्नुभयो ,‘कानुनभन्दा माथि उठेर कसैले काम गर्न मिल्दैन ।’

सरकारले छात्रावासको भौतिक उन्नतिको लागि पनि वार्षिक बजेट छुट्याउदै आएको छ । दलित आन्दोलनको उपलब्धीमा निर्माण भएको जमिन र त्यहाँ बनेको छात्रावासको कोहि विद्यार्थी बनेर निस्के, कोही वार्डेन बनेर निस्के । तर अहिले छात्रावासलाई कोही कसैले नेताको फेरो समातेर यो हाम्रो हो भनेर कुनै व्यक्ति वा गैरसरकारी संस्थाले दावी गर्ने भन्ने कुरा त्यो सिंगो दलित आन्दोलनको उपलब्धि माथिको धावा बोलेको नेपाल कम्युनिष्ट पार्र्टीका नेता दलित विकास समितिका कार्यकारी निर्देशक डा बुद्धि नेपाली बताउनुभयो । ‘यसमा केहि दलित विद्यार्थीको हक हितको मात्र कुरा होइन सिंगै दलित आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई एउटा गैरसरकारी संस्थाले छिन्ने दुश्साहस गरेको छ , यो त्यति सहज विषय होइन यो दलित आन्दोलनको लागि मान्य भएन उहाँले भनुभयो ,‘एउटा एनजीओले लालपुर्जा बनाएर यो मेरो हो भन्नु सरासर दलित आन्दोलनको लागि धोका हो, दलित आन्दोलनमाथि कुठाराघात हो , यो दलित आन्दोलन निर्णय लिन्छ ।’

यो धेरै पहिलेदेखिको लामो समस्या हो । यदी दलित आन्दोलनले सबैसंग छलफल गरेर नेपाल सरकारसंग दलितको साझा थलो बनाउनुपर्छ भनेर लागेको भए यस्तो समस्या आउने थिएन । दलित आन्दोलनले यो कुरामा कुनै चासो नै देखाएन । अहिले यहाँ पनि राजनीति सुरु भएकाले एकले अर्कालाई हेर्ने दृष्टिकोणको कारण पनि अहिलेको स्थिति सिर्जना भएको नयाँ शक्ति नेपालकी नेतृ कमला हेमचुरीले बताउनुभयो । ‘दलित आन्दोलनले कि त एनएनडिएसडब्लुलाई तैले पुरै चलाएर जानु भनेर भन्नु प¥यो , उहाँले भनुभयो, ‘ कि त यो स्वामित्वलाई राज्यलाई हस्तान्तरण गरेर राज्यले पुर्ण रुपमा जिम्मेवारी लिएर दलित विद्यार्थीहरुलाई राम्रोसंग बस्ने थलो बनाउनुप¥यो । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank