छुवाछूतका दुई आरोपीलाई अदालतबाट सफाई : पिडित अदालतकाे फैसला विरुद्ध उच्च अदालत जाने

गणेश लम्साल १७ पुष २०७६, बिहीबार १९:५५

तीन महिनामै सबै पुपक्र्ष सकाएर जिल्ला अदालत मोरङबाट जातिय विभेद तथा छुवाछुत कसुरको मुद्दा फैसला

विराटनगर १७ पुस । सानो जातको भन्दै चिया पसलमा छुवाछुत गरेको आरोपमा जनही तीस हजार धरौटी माग भएका दुई अभियुक्त्तलाई जिल्ला अदालत मोरङले सफाई दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायधिश किशोर घिमिरको इजलासले अभियुक्त्तहरु मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का ४५ वर्षीय टलकबहादुर पाण्डे र सोही नपा ४ नम्वर वडा निवासी ७० वर्षीय रुद्रबहादुर कटुवाललाई छुवाछुत गरको माग दावी नपुगेको भन्दै १५ पुसमा सफाई दिएको हो ।
६ कार्तिकमा दर्ता भएको जातिय छुवाछुत कसुर सजाए ऐन अन्र्तगत दर्ता भएको मुद्दामा न्यायधिश घिमिरेकै इजलासले ७ कार्तिकमा दुवै अभियुक्त्तलाई जनही ३० हजार धरौटी लिएर पुर्पक्षका लागि छाडेको थियो ।
तीन महिनाभित्रै सबै पुर्पक्ष सकाएपछि जिल्ला अदालत मोरङले पिडितको माग दावी नपुगको भन्दै छुवाछुत गर्ने दुवै अभियुक्त्तलाई सफाई दिएको हो ।
२० असोज २०७६ मा सानो जातको भनेर मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित शनिश्चरे बजारमा रहेको चिया पसलमा पसले टलकबहादुर र ग्राहक रुद्रबहादुरले छुवाछुत गरेको भन्दै पिडित डिमोने कामीले २८ असोजमा ईप्रका पथरीमा जातिय विभेद तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार किटानी जाहेरी दर्ता गराएका थिए । त्यसपछि प्रहरीले उनीहरु दुवैलाई पक्राउ गरेर ऐन अनुसार अनुसन्धान गरी अदालतमा जातिय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गराएको थियो ।
प्रत्यक्ष जातीय छुवाछुतको व्यवहार भोगेका पिडित डिमोने कामीले जिल्ला अदालतबाट न्याय नपाएकोले फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन ।
जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कुनैपनि सार्वजनिक र नीजि क्षेत्रमा जातिय विभेद र छुवाछुत गर्नेलाई ३ महिनादेखी ३ वर्षसम्म कैद सजाय ५० हजारदेखी २ लाख रुपैया सम्म जविाना र पिडितलाई विगो अनुसारको क्षतिपुर्तिको व्यवस्था छ । साथै जातिय छुवाछुत गर्न उक्साउने वा सहयोग गर्नेलाई पनि वरावरी सजाय हुने ऐनमा उल्लेख छ । सरकारी ओहोदाको व्यक्त्ति भए दोब्बर सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank