सरकारसँग हरवा-चरवाहरुका लागि न्यायिक पुनःस्थापनाको आयोग बनाउन माग

दलित अनलाईन १२ पुष २०७६, शनिबार ०९:५९

धनगढीमाई सिराहा– प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सरकारले हरवा चरवाको मुक्तिका लागि प्याकेजमै समधान खोज्नुपर्ने बताएका छन् ।

‘हरवा चरवाको मुक्तिको घोषणा गरौ,न्यायिक पुनःस्थापनाको लागि शक्तिशाली आयोगको गठन गरौं’ भन्ने मुल नाराका साथ हरवाचरवा अधिकार मञ्च सिराहाको दोश्रो जिल्ला सम्मेलन राज्यमन्त्रीले मण्डलले सरकारले समधान खोज्नुपर्ने बताएका हुन ।

राज्यमन्त्री सुरेश मण्डलले नेपाल अहिले संघीयता र समावेशी विकासको अभ्यासमा रहेता पनि प्रदेश २ का ८ वटा जिल्लाहरुमा रहेका हरवाचरवाहरु आर्थिक रुपले शोषित, सामाजिक रुपले विभेद, सांस्कृतिक हिसावले अस्वीकार्य र राजनितिक हिसावले बहिष्करणमा पारिएकोले उनीहरुको मुक्ति र पुनःस्र्थापनाका लागि प्रदेश सरकारले पहल गर्ने कुरा बताए । हरवाचरवा मुक्ति र पुनःस्र्थापनाको कार्यमा प्रदेश सरकारले ऐक्यबद्धता र सहकार्य गर्नुपर्ने राज्यमन्त्री मण्डलले कुरामा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष गणेश बि.केले नेपाल सरकारद्धारा दाशप्रथाको अबशेषको रुपमा रहेको मुक्त हलिाय र कमैया प्रथाको मुक्तिको घोषण भई पुनःस्थापनाको कार्यक्रम अगाडी बढीरहेको सन्दर्भमा हालसम्म पनि करिव १ लाख बढी परिवार हरवाचरवा परिवारको मुक्तिको घोषणा हालसम्म पनि नहुदा उनीहरुले अमार्यादित जीवन विताउन बाध्य हुन परेको कुरा औल्याए । विकेले हरवाचरवालाई बन्धनबाट मुक्त गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आ आफनो स्थानबाट सकारात्मक रुपले पहल गर्नुपर्ने कुरामा जोड दिए ।

सम्मेलनको उदघाटन शत्रमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डल, महासचिव राशलाल राम, द फ्रिडम फण्डका नेपाल कार्यक्रम सल्लहकार जियाम श्रेष्ठ, कानुनी सल्लाहकार तथा अधिबक्ता बालाराम भट्टराई, लहान नगरपालिका वडा १५ कि निर्वाचित सदस्य रामकुमारी दास, हरवाचरवा अधिकार मञ्च सप्तरी र धनुषाका अध्यक्षहरु, सामुदायिक विकास मञ्च तथा हरवाचरवा समन्वय समितिका संयोजक विनोद चौधरील गायतले शुभकामना मन्तब्य ब्यक्त गरे । हरवाचरवा अधिकार मञ्च सिराहाका अध्यक्ष मोहमद कासीम मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव श्यामसुन्दर सदाले स्वागत मन्तब्य ब्यक्त गरे ।

सम्मेलनले श्यामसुन्दर सदाको अध्यक्षतामा १५ सदस्यीय हरवाचरवा अधिकार मञ्च सिराहा चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमस चरित्र मण्डल, मीना महरा, गीतादेबी सदाय र कौशिल्यादेवी राम रहेका छन् । त्यसैगरी मञ्चको सदस्यहरुमा मोहमद कासीम मिया, रामदुलारी दाश, अमृता सदाय, अरुहुलीयादेबी राम, पुकारी सोथी, कविता पासवान, राधा चौधरी, आशादेवी पासवान, हरी राम र ईश्वरादेवी राम चयन भएका छन ।

जिल्ला सम्मलनले हरवाचरवाको नाममा भएको अनुचित ऋणको खारेजीसहित मुक्तिको घोषणा गर्नुपर्ने, उनीहरुको तथ्याँक संकलन गरी प्रभावकारी पुनःस्थापना गर्न हरवाचरवा अधिकार मचका नेताहरु रहेको शक्तिशाली आयोग गठन गर्नुपर्ने र कम्तिमा १० कठ्ठा जमिन सहित शिक्षा, स्वास्थ्य र रोजगारीसहितको प्रभावकरी पुनःस्थापना गर्नुपर्ने माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank