विभेदको विद्रोहबाट जन्मिएकी सांसद जसमाया

गणेश लम्साल २१ मंसिर २०७६, शनिबार २०:४६

ईलामको फाकफोकथुममा जन्मिएकी जसमाया गजमेरले दुर्गम ठाउँमा गरिब परिवारले कस्तो दुख भोग्नुपर्छ बुझेकी छन् । अझ आफु भुक्त्तभोगी समुदायको पनि भएकोले एउटा निर्धन दलित परिवारले कति धेरै जातिय विभेद र छुवाछुतको व्यवहार भोग्नुपर्छ र त्यसको असर कस्तो पर्छ भन्ने उनले प्रत्यक्ष भोगेकी छन् ।

जसमायाले अहिले पनि भुलेकी छैनन् । घर समाज मात्र नभएर विद्यालयमा पानी खाँदा पनि भोग्नुपरेको छुवाछुतको व्यवहारलाई । धनी र उँचो जाति भनाउनेहरुले जातिय गालीगलौज गर्दै होच्याएका व्यवहार त झन् कति हो कति । मान्छेले मान्छेलाई सानो जाति भन्दै छुवाछुत गर्दा मनमा कस्तो चोटपर्छ भन्ने दुखाई जसमायाले प्रत्यक्ष महशुस गरेकी छन् । सानो छँदा जसमाया भन्थिन् , –‘छुवाछुतको व्यवहार के हो बुझलाउ त्यत्तिखेर तिमी पनि हाम्रो जस्तो दलित भईहेर ।’
                                                                                               ……
समान्य वालिघरे परिवारमा जन्मिएर दुर्गम पहाडमा हुर्किएकी जसमायालाई जातिय विभेद र छुवाछुतको पिडाले नै हो राजनीतिमा लाग्न प्रेरित गरेको । उनी गाउँको इकाई कमिटीदेखी जिल्लामा महिला संघको नेतृत्व हाक्दै हाल प्रदेश सभा सदस्य बन्न सफल भएकी छन् । जसमायाले भातृ संगठनमा केन्द्रिय सदस्य सम्मको नेतृत्व सम्हाालिसकेकी छन् । जस्तोसुकै गरिबी सामना गर्नु परे पनि उनले पार्टीमा आफनो सक्रृयता छाडिनन् । पार्टीप्रतिकिो निष्ठा र निरन्तर सक्रिय संघर्षको यात्राले नै हो उनलाई एक नम्बर प्रदेश सभाको सांसद वनाएको ।

मान्य ,जसमाया धैर्यशाली छन् । काममा हतार गर्दिनन् । लोभ र छलछाम रुचाउदिनन् । दोधारे चरित्र मनपराउँदिनन् । आफनो अडानमा दृढ हुनु उनको थप विशेषता हो । यसैले प्रदेश सभामा प्यारप्याार पनि बोलिरहन्नन् उनी । तर सबै बैठकहरुमा सहभागीता चाँही छुटाउदिनन् । बोल्दा आफनो समुदाय अनि महिला र वालबालिकाहरुले भोग्नुपरेको समस्या मनैदेखी उठाउँछिन् । सांसद भएपछि जसमायाले निरन्तर महिला हिँसा , छुवाछुत विभेद जस्ता सामाजिक समस्याबारे संसदमा आवाज उठाइरहेकी छन् ।

सन्तुलित र सभ्य बोली । अध्यनअनुसन्धान सहितको समय सान्र्दभिक सचेत ज्ञान । जहिल्यै सिक्ने तत्परता । शिष्ट पहिरन र    अरुसँग गर्ने मर्यादित व्यवहार । आदि धेरै बिशेषताले जसमायालाई भावी मन्त्री वा सभामुख हुनुपर्ने व्यक्त्ति पनि भन्नेगर्छन् उनका शुभेच्छुकहरु ।

२०३४ सालमा दुर्गम पहाडी क्षेत्रमा जन्मिएकी जसमाया मान्यको बुबाआमा वालीघरे प्रथाबाट जीवन गुजार्थे । वर्षभरि कपडा सिलाउनु र हिँउदमा दिएको धान संकलन गरेर गर्जो टानुपर्ने बाध्यता थियो परिवारमा । दुई दाजुभाई र तीन दिदीबिहनी सहितको परिवारलाई धौधो थियो खान लाउन । तर पनि जसमायाले ७ कक्षा सम्म गाउँमै पढिन् । पढाई राम्रो भएकोले सदरमुकाम इलामको महेन्द्ररत्न माविबाट एसएलसी गरिन् । र ,इलामकै महेन्द्ररन्त बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन गरिन् ।

स्कुल पढ्दा जसमायालाई वाम राजनीतिले आर्कषित गथ्र्यो । गाउँमा धनबहादुर दर्लामी , लेखनाथ खनाल जस्ता बाम नेताहरु आइरहन्थे । उनीहरु गाउँ डूल्दा भन्ने गर्थे – ‘कम्युनिष्टको सरकार वनाउनुपर्छ जनताले अनि मात्र जातपात , सानो ठूलो उँचनिच , छुतअछुत र धनीगरिब भन्ने गलत रितिथिति समाप्त हुन्छ ।’ उनीहरुका कुरा सुन्दा आनन्दित हुन्थिन् जसमाया । अनि मनपराउँथिन गीत ‘संघर्ष हो जीवन जीवन संघर्ष हो जीवनदेखी थाकेर बस्छु नभन , जीवनदेखी थाकेर मर्छु नभन ।’ यसैले विस्तारै जसमायाले कम्युष्टि विचार मनपराउन थालिन । आहा ! कम्युनिष्टको सरकार आयो भने त हामी जस्ता गरिब दतिलहरु पनि अरु जस्तै वरावर हैसियतका हुनेरहेछौ , हामीहरुलाई पनि समाजमा समान व्यवहार हुनेरहेछ भन्ने विश्वास बढथ्यो उनमा र उनी विद्यार्थी जीवनमै गाउँमा गीत गुनगुनाउँथिन ,– ‘जाति र पाति छुट्याउने रितलाई म मान्दैमान्दिन , धनी र गरिब बाउने रितलाई म गन्दैगन्दिन ।’
                                                                                            ……
जसमायालाई सम्झना छ त्यो २०४६ सालको आन्दोलनको समय । बाम विचारधारामा आर्कषित भएपछि त्यो बेला उनी स्कुलमा अनेरास्ववियू प्राक कमिटीको सदस्य बनिन् । जसले उनलाई गाउँघरमा बाम बिचार छर्न प्रेरित गरायो । स्कुलमै छदै उनी एमाले निकट उत्पिडित जातिय मुक्त्ति समाजको क्षेत्रिय कमिटीमा पनि आवद्ध भइन् । र जिल्ला कमिटीसम्म पुगिन् । पछि जसमाया मुक्त्ति समाजको मेची अंञ्चल कमिटी सदस्य हुँदै केन्द्रिय सदस्य समेत बनिन् । उत्पिडित दलित जातिय विकास समितिको सदस्य पनि भइन् ।

२०५३।०५४ तिर इलाम क्याम्पसमा पढथिन् जसमाया । क्याम्पसमा उनी स्ववियु सदस्य थिइन । आइए पढिसकेपछि उनको झापा बुधबारेका मोहन विश्वकर्मा (गजमेर)सँग बिबाह भयो । झापा आएपछि पनि उनले राजनीति छाडिनन् । राजनीतिमा लाग्न उनका पति मोहनले पनि निरन्तर प्रेरित गरे । आफुले काम गरेर तर जसमायालाई अगाडी बढ्न सघाइरहे । झापा आएपछि २०६३ मा एमाले क्षेत्रिय समन्वय कमिटीमा आवद्ध भइन जसमाया । अनि संगठन बिभाग सदस्य हुँदै जिल्ला कमिटी सदस्य बनिन् । जसमायाले अनेमसंघ झापाको नेतृत्व पनि गरिन् । हाल उनी नेकपा प्रदेश कमिटी सदस्य छिन् ।

महिला र दलितलाई मन्त्रीमण्डलमा समावेश नगरेको भनेर चर्को आवाज पनि सरोकारवालाहरुले उठाइरुहेका छन् । मुख्य मन्त्री शेरधन राईले महिला र दलितलाई जसरी पनि मन्त्रीमण्डलमा समेट्ने वचन दिइसकेका छन् । यसैले धेरैले जसमायालाई भावी प्रदेश मन्त्रीका रुपमा पनि नियाली रहेका छन् ।                                                                   

काँधमा जिम्मेवारी , ह्रदयमा समझदारी , काममा साभेदारी, दिमागमा सझदारी हुनुपर्छ भनेर हेक्का राख्ने मान्य, जसमाया प्रदेश संसद भएपछि पनि फेरिएकी छैनन् । अझै पनि सार्वजनिक बस चढेर उनी झापा बिर्तामोड स्थित घरबाट विराटनगर प्रदेश सभा संसद र समितिको बैठक मात्र नभै सार्वजनिक कार्यक्रमहरु पनि भ्याइरहेकी छन् । सांसद भएपछि कानुन कसरी निर्माण गर्नुपर्दोरहेछ भनेर अनुभव हासिल गर्न सफल भएकी छन् जसमायाले । तर संसद भएर गर्न बाँकी अझै धेरै काम रहेको उनी वताउँछिन् । जातिय विभेद र छुवाछुतलाई कानून र संविधानले अपराध घोषणा गरिसके पनि अझै व्यवहारमा कायमै रहेकोमा चित्त कटक्क खान्छ जसमायाको । विभेद छुवाछुतले पिडितमा हिनभावना ल्याउने भएकोले गरिबी बढाउन सहयोग पुरयाएको उनी मान्छिन् । भन्छिन् , – ‘समान व्यवहार भएको भए आज नेपाली दलितहरुको आर्थिक अवस्था धेरै माथि उठीसक्ने सक्ने थियो ।’ , यसैले दलितहरुका लागि एक नम्बर प्रदेशमा शसक्त्तिकरण कानून निर्माण गनुपर्छ भन्ने पक्षमा छिन् उनी । जसले जातिय विभेद र छुवाछुत गर्ने र दलितहरुलाई सहभागीताबाट बञ्चित गराउनेहरुलाई जवाफदेही बनाउन मदत्त पुरयाउँछ । सुलभ, स्वास्थ्य, शिक्षा रोजगार अनि महिला हिँसा मुक्त समाज बनाउनका लागि थप कानून आवश्यक भएको पनि सांसद जसमाया वताउँछिन् ।

ad
                                                                                           ……
महिला माननीय जसमायामा भुक्त्तभोगी दलित समुदायकै भएकोले सामाजिक विभेदको धेरै पटक पिडित बन्नु परेको अनुभवको भण्डार छ । उनलाई अझै पनि झल्झली याद आइरहेको छ स्कुलमा पानी खाँदा पनि छुवाछुतको व्यवहार भोग्नुपरेको घटना । दलित गरिब भए पनि जसमाया पढ्न सिपालु थिइन । अरु बेला सानो जातको भनेर होच्याएर व्यवहार गर्ने साथीहरु जब परिक्षाको समय आउँथ्यो उनलाई माया गर्न थाल्थे । कारण जसमायाले सिकाइदिन्थे भन्ने चाहना राख्थे उनीहरु । जसमायाले बिर्सेकी छैनन् बुवाआमाले मैला जुका सरिका पुराना लूगाहरु काटकुट गरेर हाते मेसिनबाट सिलाएर बिष्टहरुकोमा जदौ हजुर भन्दै पुरयाइदिएको र उनले बिर्सेकी छैनन् बर्षभरि लुगाए सिलाएवापतको अन्न लिन जाँदा उभ्रेपाभ्रका खोस्टा धानहरु दिएर पठाएको छ । त्यत्ति मात्र हैन उनलाई अझै याद छ इलाममा पढ्दा डेरामै छुवाछुत भोग्नु परेको । र , राजनीतिक यात्रामा पनि उनले पटक पटक प्रत्यक्ष अप्रत्यक्ष छुवाछुतको व्यवहार भोग्नुपरिहेको छ । सांसद भएपछि चाँही जसमायाले प्रत्यक्ष छुवाछुतको व्यवहार भोग्नुपरको छैन । बाँकी पछाडी कस्ले के भन्छन भन्ने जसमाया वास्ता पनि गर्दिनन् । तँपाईको प्रगतिमा आरिस गर्नेहरुले अप्रत्यक्ष छुवाछुत त अझै गर्छन् होला नि त ? भन्ने प्रश्नमा मान्य जसमाया भन्छिन् ,– ‘कसैले हेर न कमिनी पनि मान्य भई भनेर भन्दा पनि होलान तर म कसैको दयाले हैन मैले समानुपातिक र समावेशी अधिकारले पद प्राप्त गरेको हुँ देशको सार्वभौम सम्पन्न नागरिक भएकोले सांसद भएको हुँ ।,
                                                                                              ……
एक नम्बर प्रदेश सभामा ९३ जना सांसद छन । महिला सांसदहरुको सख्या २५ छ । दलित समुदायका सांंसद भने ३ जना मात्र छन त्यो पनि महिला मात्र । मुख्य प्रतिपक्षी दल काँग्रेसबाट कल्पना सरदार एक जना र सत्ताधारी नेकपाबाट जसमाया र उमीता वराईली दुई जना ।
                                                                                              ……

प्रदेश सरकार गठन भएको दुई बर्ष बित्दैछ । सातवटा मन्त्रालय मध्ये २ वटाले अझै मन्त्री पाएका छैनन् । काम बढ्न थालेकोले मन्त्रालयको सँख्या बढाउने चर्चा पनि चलेको छ । र चाँडै एक नम्बर प्रदेश सरकारले विस्तार सहित पुर्णता पाउने मन्त्री र मुख्य मन्त्रीहरुले वताउँदै आएका छन् । विस्तार गर्दा महिला र दलितलाई मन्त्रीमण्डलमा समावेश नगरेको भनेर चर्को आवाज पनि सरोकारवालाहरुले उठाइरुहेका छन् । मुख्य मन्त्री शेरधन राईले महिला र दलितलाई जसरी पनि मन्त्रीमण्डलमा समेट्ने वचन दिइसकेका छन् । यसैले धेरैले जसमायालाई भावी प्रदेश मन्त्रीका रुपमा पनि नियाली रहेका छन् । मान्य जसमायाले पदकै लागि भनेर चलखेल कहिल्यै गरिनन् र गरेकी छैनन् । उनका अनुसार उनी यसोउसो गर्न जान्दिनन् पनि र स्वभाव पनि छैन । पार्टीले जिम्मेवारी दिएमा चाँही कोही भन्दा कोही कम हुन्न भन्ने उनलाई विश्वास छ । भन्छिन् – ‘मन्त्री हुनुपर्छ भनेर म मरिहत्ते पनि गर्दिन तर पार्टीले दियो भने सदाचारी र निर्भिक ढंगले अवश्य केही गरेर देखाउने छु ।,
                                                                                             ……
काम गर्ने जोशजाँगर र सुझबुझ भएकी जसमायाले मन्त्री भएमा केही गरेर देखाउन सक्ने धेरैको दाबी छ । यसैले जसमाया जहाँ जहाँ वोल्छिन् त्यहाँ उनको भनाई सुनेर मान्छेहरु भन्ने गर्छन् – यी मान्य त बडो तार्किक र मार्मिक बोल्दिरहिछन् त ! त्यहाँ तुरुन्त छलफल पनि चल्ने गर्छ – ‘मन्त्री हुने क्षमता भएकी मान्य हुन अनि बोल्दिनन् त अरु जस्तो हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank