अदालतबाट न्याय पाएपछि आइरनले डामिएकी महिलाको समाजिक सम्मान बढयाे

दलित अनलाईन २० असार २०७५, बुधबार ०८:१७

 

विराटनगर  – दुई वर्ष अघि आइरनले डामेर अमानविय यातना पाउनुभएकी दलित महिलालाई अदालतले न्याय दिएपछि समाजमा उहाँकाे आत्म सम्मान बढेको छ ।

२५ जेठ २०७३ मा छिमेकी तीन जना महिलाहरुबाट तातो आइरनले डामेर अमानबिय यातना पाउनुभएकी मोरङ सुन्दरहरैचा नगरपालिका ६ (गछिया)की दलित महिला ३५बर्षिया प्रमिला लकान्द्री (विश्वकर्मा)लाई अदालतले न्याय दिएपछि उहाँकाे समाजमा आत्म सम्मान बढेको हो ।

आफुमाथि भएको अन्याय बिरुद्ध कडा संघर्ष गर्दै अदालतमा न्याय माग्न  पुग्नुभएकी प्रमिला विकलाई १८ चैत २०७४ मा मोरङ जिल्ला अदालतले न्याय दिएको थियो । अदालतबाट न्याय पाएपछि उहाँ गाउँ समाजमा संघर्षशील नारीका रुपमा चर्चित मात्र बन्नुभएकाे हाेइन कि, संघर्ष गर्दा न्याय पाउन सकिनेरहेछ भन्ने कुराकाे उदाहरण बन्नुभएकाे  छ । पहिले नाम समेत थाहाँ नपाएकाहरुले पनि आजकल प्रमिलालाई उदाहरणीय महिलाका रुपमा गाउँ समाजमा प्रस्तुत गर्ने गरेको दलित समन्वय समिति सुन्दरहरैचाका अध्यक्ष कुमार मिजारले बताउनुभयाे  । बिभिन्न संघ सस्थाहरुले प्रमिलालाई अधिकारका लागि साहसी महिला भनेर समाजिक सम्मान पनि गरिसकेका छन ।

सुन्दरहरैचा नगरपालिका ६ नम्बर वडाकी दलित महिला सदस्य समेत रहनुभएकी प्रमिला जुझारु समाजसेवी महिलाका रुपमा पनि चिनिनुहुन्छ  । अन्याय सहनु हुदैन जस्तो सुकै बाधा आएपनि सधै न्यायका लागि संघर्ष गर्नुपर्छ भन्ने अदालतको न्यायपछि आफुलाई प्रस्ट भएको प्रमिला बताउनुहुन्छ । जधन्य अपराधका बिरुद्ध संघर्ष गर्दा प्रमिलालाई सफल हुन नदिन बिरोधीहरुले अनेक षडयन्त्र गरेका थिए । तर प्रमिलालो जति दवाव आएपनि र प्रलोभन देखाएपनि आफुमाथि भएको अन्यायसँग मिलापत्र गर्न रुचाउनु भएन ।

मोरङ जिल्ला अदालतमा दायर गरेको जातिय विभेद तथा छुवाछुत कसुर र ज्यानमार्ने उद्योग आरोपको दुवै मुद्दामा मोरङ अदालतले प्रमिलाको पक्षमा फैसाल सुनाएको थियो ।

जिल्ला अदालत मोरङका न्यायधिश महेन्द्रप्रसाद पोखरेलको ईजलासले १८ चैतमा जातिय छुवाछुत मुद्दामा प्रतिवादीहरु सुन्दरहरैचा नपा ६ का ३२ वर्षीय  मन्दिरा गुरुंग ३५ वर्षीय  रन्जना गुरुंग र ३४ वर्षीय माया राईलाई जनही २५ हजार रुपैया जरीवना र एक महिना कैद अनि ज्यान मार्ने उद्योग मुद्दामा दुई वर्ष कैद र दामासाहीले दुई लाख रुपैया जरीवना फैसला सुनाएको थियो ।

एम्बुलेन्समा अदालत पुगेर रिट दर्ता गरेकी थिइन प्रमिलाले

जातिय विभेद गर्दे तातो आइरनले डामेर चरम यातना दिएको भन्दै प्रमिलाले न्याय खोज्न
जाँदा ईप्रका बेलबारीका तात्कालिन ईन्स्पेक्टर मेघराज थापाले घटना समान्य भन्दै मिलापत्र गराउन दवाव दिदै मुद्दा दर्ता गर्न ईन्कार गरेका थिए। तर प्रमिलाले इलाका प्रहरी कार्यालय बेलबारीले अमानबिय घटनाको मुद्दा दर्ता गर्न ईन्कार गरेको भन्दै घाइते अबस्थामै एम्बुलेन्स चढेर उपस्थित हुदै उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गराउनु भएकाे  थियो ।  त्यसपछि मात्र ईप्रका बेलबारीले सुटुक्क अदालतमा जातिय छुवाछुत र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो । अदालतमा मुद्दा दर्ता भएपछि पनि पटक पटक  प्रमिलालाई मुद्दा फिर्ता लिन चर्को दवाव सृजना गरिएको थियो । स्थानिय सुन्दरहरैचा नपाकी ६ नम्बर वडा सदस्य समेत रहनुभएकी प्रमिलाले न्यायकालागि आफनो अडान छाडन चाहिनुभएन । उहाँले आफुलाई न्याय दिलाउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग र दलित आयोगमा पनि उजुरी दर्ता गराउनु भएकाे थियो ।
उता प्रमिलाले आफुहरु माथि आक्रमण गरेको भन्दै प्रतिवादीहरुले पनि अदालतमा कुटपिट मुद्दा दर्ता गराएको थियो । तर प्रमिलाले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएकोले अदालतबाट कुटपिट मुद्दा ज्यान मार्ने उद्योगमै परिणत भएको थियो । अदालतले उक्त्त मुद्दा पुर्पक्ष गरिसकेपछि प्रमिलाको पक्षमा फैसला सुनाएको हो । प्रमिलाको पक्षमा अधिवक्त्ता बालकृष्ण आर्चाय र दिपक आर्चायले वकालत गनुभएकाे थियो  ।
अदालतको फैसलाबाट आफु सन्तुष्ट रहेको र ढिलै भएपनि न्याय पाउन सफल भएको प्रमिालले बताउँदै जातिय विभेद र छुवाछुतका मात्र नभएर कुनै पनि अन्यायका घटनामा अडान लिएर निरन्तर संघर्ष गरे सफलता प्राप्त गर्न सकिने भएकोले घटना मिलापत्र नगराउन आग्रह गनुभएकाे थियो  ।

यसरी भएको थियो घटना

स्थानिय महिला बचत समुहको अपचलन रोक्न खोज्दा २५ जेठ २०७३ छिमेकीहरु मन्दिरा गुरुंग , रन्जना गुरुंग माया राई , लगायतले अध्यक्ष रहेकी प्रमिलालाई छिमेकी रहिता परियारको घरमा बसिरहेको अवस्थामा बाँस , रडले जातिय गालीगलौज गर्दै मरणसन्न पिटेर तातो आइरनले शरिरमा डामेर गम्भिर घाइते बनाइदिएका थिए । कुटपिटबाट प्रमिलाको मेरुदण्डमा चोट लागेकोले उनले एक महिना अस्पतालमा भर्ना भएर उपचार गराउनु परेको थियो । घटनापछि जाहेरी दिएपनि इप्रका बेलबारीले मुद्दा मिलापत्र गराउने दवाव दिँदै जाहेरी लिन इन्कार गदै आक्रमण गर्नेहरुलाई पक्राउ गर्न चाहेन जाहेरी लिन नमानेपछि हुलाक मार्फत पनि प्रमिालले प्रहरीलाई जाहेरी पठाउनु भएकाे थियो । तर प्रहरीले घटना समान्य कुटपिटको भन्दै जाहेरी दर्ता गर्न नमानेपछि बाध्य भएर उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गराउनुभएकाे थियो । रिट दर्ता गराएपछि चाँही प्रहरीले पिडितलाई समेत थाहा नदिई सुटुक्क जातिय छुवाछुतको मुद्दा जिल्ला अदालत मोरंगमा दर्ता गराएर आरोपीहरुलाई हाजिर गराई तारेखमा रिहा गराएको थियो । उता उर्मिलाले कुटपट आरोपमा आफै मुद्दा दर्ता गराउनुभएकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank