यौन दुव्यवहारबारे जे सुनियो, पछि खै कसरी मुख थुनियो !

दलित अनलाईन २१ असार २०७६, शनिबार १३:५३

असार १७ गते मंगलबारको दिन थियो । त्यस दिन म गुल्मीको धुर्कोट गाउँपालिकाको एक कार्यक्रममा पुगेको थिएँ । दिउँसो त्यस्तै तीन बजेको समयमा फोन आयो । उक्त फोन गुल्मीकै कालिगण्डकी गाउँपालिका–हर्मिचौर गाउँका दलित समुदायका एक जना ब्यक्तिको थियो ।
उनले भने–‘ सर तपाई तत्काल यहाँ आई दिनु प¥यो । यहाँ एक जना दलित समुदायकी १३ बर्षिया बालिकालाई हर्मिचौर माध्यामिक विद्यालयका कम्युटर टिचरले कक्षा कोठा भित्रै यौन दुब्यवहार गरे ।
म अहिले भर्खरै आउन सम्भव छैन , भोली आई पुग्छु भने । त्यस विरुद्ध त्यहाँका अभिभावक जुटेर विद्यालय प्रशानमा तालाबन्दी गरेको जानकारी पनि गरायो । लगत्तै पुर्तिघाट प्रहरी चौकीका प्रमुख सई खिमनन्द खनालय लगायको टोली पनि सोही स्थानमा आई पुगेको जानकारी पनि दिईयो ।
त्यहाँका दलित समुदायका अभिभावकहरुले विद्यालय र वडा कार्यालयमा उजुरी दिन थालेको पनि बताए । उनिहरुले टिपाएको घटना विवरण अनुसार गत शुक्रबारका दिन त्यस विद्यालय कक्षा ६ मा पढ्ने दलित समुदायकी १३ बर्षिया बालिका समिता नाम परिवर्तनलाई कम्युटर शिक्षक जगदिश अधिकारीले संवेदनशिल अंगमा हात लगाएको ती वालिकाले बताए पछि अभिभावहरुको कार्बाहीको माग गर्दै विद्यालय प्रशासन तालबन्दी गरेका हुन ।
ती बालिका मात्र होईन अन्य बालिकाहरुलाई पनि त्यस्तै ब्यवहार गर्छन भन्ने त्यति बेला बताईयो । अभिभावकको कुरामा मात्र भर परिएन । पीडित भनिएकी बालिका संग पनि सोध्ने काम भयो । उनले आफु कम्युटर सिक्दै गरेको बेला ती शिक्षक आएर पहिला गालामा हात लगाए । पछि शंवदनशिल अंगमा हात लगाएकने बताईन । मैले ल प्रहरीमा उजुरी दिनुस आउन परे म भोली नै आउँछु भनेर फोन राखे ।
अर्को दिन विहान असार १८ गते बुधवार विहानै त्यस घटना पछ्याउन थालियो । फोन गर्दा जानकारी भयो कि पीडित बालिका र उनका अभिभावक जिल्ला प्रहरी कार्याय तम्घासमा आई पुगेको । त्यहाँ पुग्दा उनी मात्र होईन कक्षा ८ मा पढ्ने अर्की दलित बालिका समेत आफुलाई पनि शिक्षक अधिकारीले त्यस्तै यौन दुब्यवहार गरेको भन्दै उजुरी दिन आएकी थिईन ।
् उनका बाबुले आज मेरी छोरी माथी यस्तो ब्यवहार हुन्छ भने भोली अरुको छोरी पनि यस्ता मान्छेहरुको शिकार हुने देखेर उजुरी दिन आएको हुँ भनेर निकै चर्को चर्को स्वरमा क्रान्तिकारी भाव प्रकट गर्दै थिए ।
यस्ता मान्छेहरुलाई छाड्न हुन्न सर तपाईहरुको साथ चाहिन्छ हजुर एक चोटी हर्मिचौर मै पनि पुग्नु पर्छ भन्दै हात जोड्न थाले । अन्यायका विरुद्ध लड्दै आएका छौ चिन्ता नगर्नुस तपाईले पहिला उजुरी दिनुस भनियो । उनीहरुलाई साथ दिन नेपाल विद्यार्थी संघ गुल्मीका अध्यक्ष झविन्द्र पाण्डे लगायतका विद्यार्थी नेताहरु पनि आउनु भएको थियो ।
उहाँहरु साँछी हुनुहुन्छ । ती बालिकाहरु दुबैले आफुहरुलाई ती शिक्षकले शंवेदशिल अंगमा हात लगाउने गरेको बताउँदै थिए । उनका बाबुले त पटक पटक क्रान्तिकारी भाव प्रकट गर्दै कार्बाही हुनै पनेर्् माग गर्दै थिए । उनलाई थप सर्पोट होस भन्नका लागि मैले महिला अधिकारकर्मी तथा नेपाली कांग्रेस गुल्मीकी पार्टी सचिव विष्णुकुमारी सापकोटा दिदीलाई फोन गरेर बोलाएँ ।
उहाँ आउनु भयो । उजरी दिनुस हामी तपाईहरुको साथमा छौं भन्नु भयो । त्यतिले पनि नपुगेर हामीले ती दुबै बालिका र उनीहरुका बाबुलाई एउटा चिया पसलको भित्र लगेर भिडियोमा कुराकानी ग¥यौं । स्वयम विष्णुकुमारी सापकोटा दिदी पनि बोल्नु भएको थियो । त्यो कुराकानी सकेर मैले क्याम्रा लिएर मेरो अफिसमा फर्केर क्याम्रा राखेर केहि बेर बाहिर निस्के ।
करिव दुई घण्टा पछि म फेरी जिल्ला प्रहरी कार्यालयमा पुगे । त्यहाँ पुगेर ती बालिकाका बाबु र जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतको कुरा सुन्दा म छाँ्गााबाट खसे जस्तो भएँ । दुई घण्टा अघि क्रान्तिकारी बनेका ती बाबुको क्रान्ति भ्रान्तीमा परिणत भई सकेको थियो ।
अघि बाघ डुगे्र झै डुग्रिने उनी ज्यु हजुरी गर्दै शिर निहुराई रहेका थिए । म दोश्रो पटक पुगे पछि पनि उनले फेरी दुई हाता जोडे । त्यस अघि जोडेको हात र दोश्रो पटक जोडेको हातमा फरक थियो । पहिलो हात जोडाईमा छोरी माथी दुब्यवहार गर्ने शिक्षकलाई कडा कार्वाही हुनुपर्छ भन्ने माग थियो । दोश्रो हात जोडाईमा छोरीलाई शिक्षक अधिकारीले केहि गर्नु भएको छैन । उजुरी दिन नलगाउनुहोस भन्ने थियो । यदि ती शिक्षकले त्यस्तो केहि नगरेको भए किन झुटो आरोप लगाउनु भयो अब तपाई विरुद्ध हामीले उजुरी दिन्छुौं भनेर विष्णु दिदी र मैले डर देखाउने प्रयास पनि ग¥यौं ।

पहिलो हात जोडाईमा छोरी माथी दुब्यवहार गर्ने शिक्षकलाई कडा कार्वाही हुनुपर्छ भन्ने माग थियो । दोश्रो हात जोडाईमा छोरीलाई शिक्षक अधिकारीले केहि गर्नु भएको छैन । उजुरी दिन नलगाउनुहोस भन्ने थियो । यदि ती शिक्षकले त्यस्तो केहि नगरेको भए किन झुटो आरोप लगाउनु भयो अब तपाई विरुद्ध हामीले उजुरी दिन्छुौं भनेर विष्णु दिदी र मैले डर देखाउने प्रयास पनि ग¥यौं ।

उनको भनाई थियो –‘के गरम हजुर, म बाजा बजाएर खाने मान्छे त्यस्तो उजुरी दिदा मलाई गाउँमा बसीसाध्ये हुुँदैन । जे भयो सो भयो , उजुरी दिन्न हामी मिली सक्यौं । ’
जिल्ला प्रहरी प्रमुख बस्नेतज्युको भुमिका विष्णु दिदीले र मैले सह्रानिय देख्यौं । उहाँले कम्ता जोड गर्नु भएन पीडित बालिकाका पक्षमा । तपाई किन डराउनु हुन्छ गाउँका मान्छे संग केहि परे हामी छौं भन्नु भयो उहाँले ।
अघि तपाई के भन्दै हुनुहुन्थ्यो अहिले के भन्दै हुनुहुन्छ ? यदि तपाईकी छोरीलाई अहिले भने झै केहि गरिएको थिएन भने हामी प्रहरीलाई भनेर किन उनलाई पक्राउ गर्न बाध्य पार्नु भयो ? ख्याल गर्नुस उल्टो तपाईलाई थुनाई दिनु पर्ला । ’
एुसपी बस्नेतले त्यति भन्दा पनि केहि शिप नलागे पछि अभद्र ब्यवहारको मुद्धा दर्ता गर्ने तिर लाग्नु भयो उहाँ । ती बाबु संगै हर्मीचौरबाट मिलाउन आएका अगुवाहरुलाई पनि उहाँले थर्काउनु भयो । तपाईहरु बाहिर निस्की हाल्नुस यस्तो पनि हुन्छ ।
केहि बेर अघि सम्म छोरी माथी यौन दुब्यवहार भयो भन्ने तीनै बाबु एकै छिनमा के कारण मोडिए ? यस्तो कुरा गरेर एसपी बस्नेतले हाम्रो मन जित्नु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो प्रेम जी तपाईलाई मैले बोलाउनै लागेको थिएँ आई हाल्नु भयो । ल सबै बुझ्नुहोस सक्नु हुन्छ भने ती बालिकाका बाबुलाई उजुरी दिनका लागि कन्भीस गर्नुहोस ।
हामी कसैको केहि शिप लागेन । बढो गजव लाग्यो हामीलाई । यदि ती शिक्षक निर्दोष हुन भने उनलाई छाडेर झुटो आरोप लगाउने ती बालिकाका बाबुलाई मानी हानीको मुद्धामा थुने हुन्थ्यो भन्ने पनि लाग्यो ।
यौन जन्य हिंसा जस्तो डरलाग्दो आरोप ती शिक्षक माथी किन लगाईयो ? किन विद्यायलय प्रशासनमा ताला लगाईयो ? त्यस्तो आरोप लगाउने र ताला लगाउने माथी कार्बाही हुन पर्ने कि नपर्ने ? फेशबुकमा स्टाटस लेख्नेलाई समेत जेल कोचिएको छ भने बकाईदा प्रहरी मै आएर ती शिक्षकलाई पहिला बालिका माथी यौन दुब्यवाहार भयो भन्ने पछि होईन, केहि गरेका छैनन भन्ने बिरुद्ध कार्बाही हुने कि नहुने ? सवाल यो छ ।
म हर्मिचौरका केहि अगुवा समाज सेवी र राजनैतिककर्मीलाई म निवेदन गर्न चाहन्छु यदि ती शिक्षक निर्दोष थिए भने उनका पक्षमा स्थानिय तह मै उनका पक्षमा वाकालत किन गरिएन ? किन बालबालिकाको पठन पाठनमा असर गर्ने गरि विद्यालय प्रशासनमा ताला बन्दी गरियो ?
पानी माथीको ओभानो बन्नेहरुको कुरा पनि मैले सुनेको छु । ‘आफुहरु न्यायको् पक्षमा छौं’ भन्ने दाँत पनि देखाउने र भित्री दाँतले पीडित बालिकाको पीडा चपाउने काम त भएन ? भन्ने आशंका पनि उब्जीयो ।

किन बालबालिकाको पठन पाठनमा असर गर्ने गरि विद्यालय प्रशासनमा ताला बन्दी गरियो ? पानी माथीको ओभानो बन्नेहरुको कुरा पनि मैले सुनेको छु । ‘आफुहरु न्यायको् पक्षमा छौं’ भन्ने दाँत पनि देखाउने र भित्री दाँतले पीडित बालिकाको पीडा चपाउने काम त भएन ? भन्ने आशंका पनि उब्जीयो ।

मैले विहान ती बालिका, उनका बाबु र बिष्ण दिदीको भिडियो पछि त्यही क्यामरामा गएर हेर्द छैन । उक्त भिडियो खै कसले डिलेट ग¥यो बुृभ्झनै सकेको छैन । न त क्षणभर मै ती बालिका बाबुको मन मोडिएको कुरा नै बुझ्न सकियो । साँच्ची कुन अदृश्य शक्तिले ती बालिकाका बाबुको मन मोड्यो होलाा वा कुन अस्त्रले उनको मुख थुन्यो होला ? बुझ्नै सकिएन ।
आफ्नै छोरीको त्यस प्रकारको हिंसाको बिषयमा त बाबुको मन त्यसरी क्षणभर मै मोडिन्छ भने झन चुनावको अन्तिम क्षणमा कसैले कुनै प्रकारको अस्त्र छर्कियो भने त त्यस्ता मनहरु नमोडिने कुरै भएन , होईन र ?
यसको सरोकारवाल पक्ष सबैबाट खोज–अनुसन्धान होस । ती शिक्षकलाई अनहाकमा आरोप लगाएर प्रहरी कष्टडीमा राखिएको हो भने उनी माथी न्याय होस । यदि त्यस बिद्यालयका बालिकाहरु सँच्ची नै ती शिक्षकबाट दुब्र्यव्यवारमै परेका हुन भने उनी माथी त्यस्तै प्रकृतिको मुद्धा चलाईयोस ।
अधिकारकर्मीले यस घटनालाई नौटंकीका संज्ञा दिन थालेका छन । बिशेषत न्यायको पक्षमा रहुनु भएका हर्मिचौरवासीलाई हाम्रो आग्रह तपाईहरुले यति बेलै आएको छ कि कुनै राजनैतिक दलको नेता , अगुवा समाज सेवीको सक्कली रुप चिन्ने बेला ।
हामी सेल्युट गर्न चाहन्छौ सुशानका पक्षमा रहुन भएका अधिकांस हर्मिचौरका वासीन्दालाई । जो जसले यस घटनाबारे फोन मार्फत सुचित गर्नु भयो । तपाईको आग्रह अनुसार हामी पछ्याउँदै जाने छौं । शिक्षक गलत हुन कि उनलाई फसाउन खोज्ने राजनैतिक चेष्टा वा अन्य जालझेल हो ? यसबारे खोजी नीति हुने नै छ । हामीले त जे देखियो त्यही लेखियो , जे सुनियो त्यही ब्यक्त गरियो । बस अहिलेलाई यति नै ।

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank